Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ भारतिय गाडी कारवाहीमा
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ भारतिय गाडी कारवाहीमा

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७६ · 0
ओभर लोड नियन्त्रणका लागि अभियान  संचालन गरेकै दिन ३६ भारतिय गाडी कारवाहीमा
130
SHARES
ShareTweet


ओभरलोड वोक्नेलाई प्रदेश कानुनमा १० हजार जरिवान ततकाल लागु हुने

बुटवल,१४ फागुन
भारतिय मालवहाक गाडीको ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेका रुपन्देहीका यातायात व्यवसायीले बुधवार मात्रै ३६ वटा गाडीलाई कारबाही गराएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले भारतिय नम्बरका माल बहाक गाडीले भार क्षमता भन्दा दोवरसम्म लोड गरि सामान ढुवानी गरेको भन्दै प्रहरी प्रशासनसंग हार गुहार गरेपछि प्रहरी प्रशासनले पनि सक्रिएता देखाएको हो ।
यातायात समितिहरुको पहलमा प्रहरी र प्रशासनको सहयोगमा बुधवार ३६ वटा भारतिय गाडीलाई यातयात व्यवस्था कार्यालय रुपन्देहीवाट जनही २ हजारका दरले जरिवाना गराई भार मिलान गरि मात्र संचालन गर्न निर्देशन दिईएको यातायात व्यवस्था कार्यालय (सवारी )रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले बताउनु भयो ।
प्रदेश ५ सरकारले बनाएको मालवहाक सवारी साधनको भारवहन नियमन सम्बन्धी कानुन वनेको तर निर्देशिका अझै नवनेकाले कार्यान्वयन नभएकोमा मन्त्रालयको सहमती लिएर बिहिवार देखि नै ऐन अनुसार ओभरलोड वोकेका गाडीलाई कारवाही गरिेने कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।
सघिय कानुनमा ओभरलोड वोकेमा २ हजार जरिवाना र भार मिलान गरि संचालन गर्न पाउने व्यवस्था छ भने प्रदेश कानुनमा १० हजार जरिवान गरि भार मिलान गरि संचालन गर्न पाउने गरि कानुनी व्यवस्था रहेको पनि कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले बुधवार सीमानाका तौल पुल धर्मकाटा संचालन भएका स्थानमा अनुगमन गरि भारतिय ओभर लोड वोकेका गाडीलाई कारवाहीको माग गरेका हुन । सोही अनुसार अगामी दिनमा पनि ओभरलोड नियन्त्रणमा कडाईका साथ लाग्ने पश्चिमाञ्च यातयात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेले बताउनु भयो । यातयात व्यवस्था कार्यालयले टृाफिक प्रहरीको पत्र सहित ओभरलोड गरेका गाडीको सिफारिसका आधारमा कारवाहीलाई प्रभावकारी बनाईने जनाएको छ । क्षमता भन्दा बढी लोड वोक्दा मुलुक भरका सडक विग्रीएर साना तथा मझौला सवारी साधन संचालनमा समस्या भएको नेपाली टृक व्यवसायीको लगानी धरासायी भएको भन्दै यातयात व्यवसायीले विगत लामो समय देखि नै सरकारसंग माग भारतिय ओभरलोड गाडीको नियन्त्रण गर्न माग गदै आएका थिए । अनुगमनमा लुम्बिनीे ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद खरेल,महासचिव रुमाखर गौतम पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव वहादुर कार्की महासचिव जित बहादुर भाट लगायतको सहभागिता रहेको थियो ।

≪ Previous Post

सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ: मन्त्री पौडेल

Next Post ≫

किसानको जिवनस्तर सुधारका लागि कृर्षिमा आधुनिकरण ,वजारिकरण र व्यवसायीकरण जरुरी: मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क