Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ: मन्त्री पौडेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ: मन्त्री पौडेल

संसारपोस्ट संवाददाता · १४ फाल्गुन २०७६ · 0
सबै पालिकामा खाद्य सुरक्षागर्न प्रदेश सरकार तयार छ: मन्त्री पौडेल
100
SHARES
ShareTweet


बुटवल, १४ फागुन


प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षा गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनु भएको छ ।
यसको लागि प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले पहल गर्ने बताउनु भयो ।
संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रममा बुधवार बुटवलमा वोल्दै मन्त्री पौडेलले ‘खाद्य सुरक्षाको लागि उपभोक्ताहरुले खाने वानीमा सुधार ल्याउन जरुरी रहेको बताउनु भयो । ’ अहिले पनि नेपालीहरुको बानी विहान साझ खाना नै खानुपर्ने त्यसमापनि भात नै खानुपर्ने बानीको विकास भएको भन्दै उहाँले यसको लागि खानाका अन्य परिकारहरुमा विविधिकरण गरी यसमा ध्यान दिनको लागि समेत आग्रह गर्नु भयो ।
खानाको लागि भात को अलवा गहुँ, रोटी,मकै, फापर लगायतका अन्य खाद्यान्नको रुपमा प्रयोग गरिने बस्तु सेवन गरेमा खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाई रहेको छ ।
खाद्य सुरक्षामा सबैले ध्यान दिन सकेमा यसले सबैको हित गर्ने भन्दै मन्त्री पौडेलले अन्य प्रदेश भन्दा प्रदेश ५ खाद्यान्न उत्पादनमा अगाडी रहेको समेत जानकारी दिनु भयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले खाद्य सुरक्षाको अवस्था भनेको प्रदेश सबै कुरामा सक्षम भएको अवस्था रहेको भन्दै यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
विश्व खाद्य कार्यक्रम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ , पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नु भएो थियो ।
नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलपाको विषयमा विश्व खाद्य कार्यक्रममा चन्द्र बहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएो थियो ।
यस्तै खाद्य अधिकार, खाद्य संम्प्रभुता, दिगो विकास लक्ष्य तथा कृषि विकास रणनीतिको सन्र्दभवमा राष्ट्रिय योजना आयोगक खड्क राज राईले प्रस्तुती करण गरेका थिए । यस्तै संघीय कृषि मन्त्रालयका राम कृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका का सचिव डा. राधा वाग्ले, विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्न्ु भएको थियो ।

≪ Previous Post

घुस लिँदैगर्दा वडा अध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी पक्राउ

Next Post ≫

ओभर लोड नियन्त्रणका लागि अभियान संचालन गरेकै दिन ३६ भारतिय गाडी कारवाहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क