Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास

संसारपोस्ट संवाददाता · २२ असार २०७६ · 0
अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास
40
SHARES
ShareTweet


बाँके, २२ असार । बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ । गाउँमा अहिले दैनिक २० देखि २५ आन्तरिक पर्यटक आउँछन् । खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीका अनुसार फार्म हेर्न आउनेको घुइँचो लाग्न थालेपछि घरबास (होमस्टे)को व्यापारमा सुधार आएको छ । पाँच बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको छ ।
अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरू खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन् । मौलिक थारू परिकार खान्छन्, आराम गर्छन् । “नमूना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन्”, होमस्टे सञ्चालक बाबुराम चौधरीले भन्नुभयो । अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको जोशीले सुनाउनुभयो । एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ । प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका उहाँले व्यापारमा कुनै घाटा नलागेको बताउनुभयो ।
फार्ममा शुरुमा १५० अस्ट्रिच थिए । अहिले बिक्री भएर २० छन् । चाडपर्व र हिउँदका महीनामा पर्यटकको चाप बढी हुने गर्छ । यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशीले बताउनुभयो । सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको बताउनुभयो । होमस्टे शुरु गरेपछि चौधरी शुरुमा हाँसोका पात्र बन्नुभएको थियो । व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन गर्नुभएको छ । “अब मुक्त कमैयाको गाउँ चम्कियो”, होमस्टे सञ्चालक चौधरीले भन्नुभयो, “चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदैछन् ।”
मेघराज चौधरीले अलपत्र जमीनमा टावरसहितको आधुनिक होमस्टे निर्माण शुरु गर्नुभएको छ । साथी गगन चौधरीको साझेदारीमा झन्डै रु ६० लाख लगानी गरेको उहाँले बताउनुभयो । “मान्छेको चहलपहल देखेको छु”, उहाँले भन्नुभयो, “ठूलो चराले गर्दा होमस्टे फस्टाउन थालेका छन् ।” बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा वन्यजन्तु अवलोकन गर्न पाइन्छ । रासस

≪ Previous Post

कपिलवस्तुमा ८ जना हत्याका फरार अभियुक्त नसिव सार्वजनिक

Next Post ≫

रुपन्देहीको शुद्दोदन ५ मा सार्बजनिक सुनुवाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क