Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ रुपन्देहीको शुद्दोदन ५ मा सार्बजनिक सुनुवाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको शुद्दोदन ५ मा सार्बजनिक सुनुवाई

संसारपोस्ट संवाददाता · २३ असार २०७६ · 0
रुपन्देहीको शुद्दोदन ५  मा सार्बजनिक सुनुवाई
70
SHARES
ShareTweet


बुटवल, २३ असार । शुद्दोदन गाउँपालिका ५ को सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । शुद्दोदन ५ स्थित भगलापुर माविको सभाहलमा सार्बजनिक सुनुवाई भएको हो । रेडियो लुम्बिनीको आयोजना तथा शुद्दोदन गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा सेवाग्राही र सेवा प्रदायक बिच सम्बाद, प्रश्नोत्तर संगै अध्ययन प्रतिबेदन प्रस्तुत गरेर शुरु भएको सार्बजनिक सुनुवाईमा सेवाग्राहीहरुले आफ्ना गुनासो गाउँपालिका उपाध्यक्ष, प्रशाशकिय अधिकृत तथा वार्ड अध्यक्ष सामु राखेका थिए ।
शुद्दोदन ५ का वार्ड अध्यक्ष पुन्यराम गौतमको अध्यक्षता र शुद्दोदन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवालीको आतिथ्यतामा भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, रेडियो लुम्बिनीका कोषाध्यक्ष अर्जुन उपाध्याय, स्टेशन म्यानेजर कृष्ण केसी लगायतले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । सार्बजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य, बिकास योजना, कृषि, महिला अधिकार लगायत गाउँपालिका र वडा संग सम्वन्धित गतिबिधिहरुका बिषयमा वडावासीले जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले उठाएका जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष पुन्यराम गौतमले वार्ड न ५ मा पूर्वाधार बिकास लाइ अघिल्लो बर्ष प्राथमिकता दिईएकोले यो बर्ष पनि नीतिगत तथा शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा सिपमुलक, आयमुलक, कृषि र कृषकको लागि तालिम दिनुपर्ने र समग्र वार्डको बिकासका निम्ति दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने स्थानियको सुझाब थियो ।
वडा अध्यक्ष गौतमले आफु जनताको हरेक सुझावलाइ मनन गर्दै जवाफदेहिता सहितको काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहांले गाउँपालिकाको समग्र समृद्दिका लागि प्रत्येक वार्ड बाट प्रयाप्त बजेट सहितको दिर्घकालिन योजना बनाइएकोले जनताको आवश्यकता छिट्टै पुरा हुने विश्वास दिलाउनुभयो । वडा अध्यक्ष गौतमले शुद्दोदन गाउँपालिका वार्ड नम्बर ५ लाई नमुना वडा बनाउनका लागि सबैको सल्लाह सुझाब र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवालीले गाउँपालिका पूर्वाधार निर्माणमै केन्द्रित भएकोले जनताको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै बिकाशको गति अघि बढिसकेकाले बजेटको अभावमा कुनै पनि कार्यक्रम नरोकिने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले समग्र गाउँपालिकाको बिकास र आफ्नो हक अधिकार र कर्तव्यका लागि सबै एक हुनुपर्ने र सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रम रेडियो लुम्बिनीका कार्यक्रम प्रमुख प्रकाश गौतमले सन्चालन गर्नुभएको थियो ।

≪ Previous Post

अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास

Next Post ≫

आजको राशिफल २०७६ असार २३ सोमबार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क