Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा ८ जना हत्याका फरार अभियुक्त नसिव सार्वजनिक
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा ८ जना हत्याका फरार अभियुक्त नसिव सार्वजनिक

संसारपोस्ट संवाददाता · २२ असार २०७६ · 0
कपिलवस्तुमा ८ जना हत्याका फरार अभियुक्त नसिव सार्वजनिक
80
SHARES
ShareTweet


कृष्णप्रसाद ढकाल
संसार पोष्ट
भंैरहवा, २२ असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ८ जना हत्याका फरार अभियुक्तलाई आईतवार सार्वजनिक गरेको छ । प्रहरीको मोष्ट वान्टेट सूचिमा परेका कपिलवस्तु मायादेवी गाउँपालिका ४ पिपरा निवासी नसिम खाँलाई आईतवार प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीको विशेष टोलीले शनिवार नसिवलाई काठमाण्डौंमा पक्राउ गरी आईतवार कपिलवस्तु ल्याएर सार्वजनिक गरेको हो । प्रहरीले नसिव माथि ८ जनाको हत्या र एक डाँका मुद्धाको अभियोग लगाएको छ । प्रहरीले नसिवलाई अपराधीको सूचिमा विगत २० वर्षदेखि राखेर निगरानी बढाउदैं आएको थियो ।
मुलुकमा राजनीतिक संक्रमणका कारण प्रहरीले नसिवलाई तत्काल पक्राउ गर्न असफल भएको थियो । तराईका भूमिगत समूहमा आवद्ध भई नसिवले आर्थिक एवं सामाजिक रुपमा प्रभाव जमाएका थिए । भूमिगत समूहहरु शान्ति वार्तामा आएपछि नसिवले २०६९ सालमा तत्कालिन नेकपा एमाले पार्टीको सदस्यता लिएर संरक्षित हुदैं आएका थिए । नसिवले आफ््नो अपराधकर्म जोगाउन र आफु सुरक्षित जीवन यापनका लागि नेकपाकै आडमा आफ््नी श्रीमती फौजिया खातुन नसिमलाई नेकपाको तर्फवाट प्रदेस नंं ५ को समानुपातिकतर्फको प्रदेस सभा सदस्य बनाउन सफल भए ।
नसिवलाई माओवादीका ४ जना कार्यकर्ताको हत्या, गाविस सचिव राममिलन गुप्ताको हत्या, सर्वसाधारण महिला र बालक समेत गरी ७ जनाको हत्या गरेको अभियोग छ । केहि घटनाहरु प्रत्यक्ष र केहि योजनाकार एवं केहि अन्य अभियुक्तहरुसंग जोडिएर आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिनुभयो ।
माथि उल्लेखित अभियोगहरुको कुल सजाय जोड्दा अभियुक्त नसिवलाई अदालतले एकसय १७ बर्षको जेल सजाय तोक्न सक्ने व्यवस्था रहेको छ । तत्कालिन नेकपा एमालेका नेताहरुसंग मेल बढाएर नसिवले नेपाल तथा भारतका विभिन्न शहरमा खुलेयाम स्वतन्त्र रुपमा घुमफिर गर्दै आएका थिए ।
कपिलवस्तु जिल्लाका सुरक्षा प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले नागरिकलाई सुरक्षाको भरोसा दिनका लागि दुई दसकदेखि फरार रहेका नसिमलाई विभिन्न संयन्त्र प्रयोग गरी दरिलो आट एवं समन्वयमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले २०६४ चैत ९ गते कपिलवस्तुका शिवपुजन कुर्मीको हत्याका अभियुक्त कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ हथिहवाका ४९ वर्षीय धर्मेन्द्र सिंह क्षेत्रीको बयान एवं सूचनाका आधारमा नसिमलाई पक्राउ गरेको हो । प्रहरीले धर्मेन्द्रलाई प्रक्राउ गरेको आईतवार २४ दिन पुगेको छ । तर प्रहरीले धर्मेन्द्रसंगै नसिमलाई पनि अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट एकदिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा दुवैजनालाईसंगै राखेको प्रहरी उपरीक्षक जवराले जानकारीदिनुभयो । नसीममाथि ८ जना हत्या गरेको आरोप छ ।
अभियोग ः नसीमले कहिले कहाँ कसलाई हत्या गरे ?
१) २०६३ जेठ १९मा कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बरईका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या ।
२) २०६४ फागुन ६ गते मोतीपुरका माओवादी कार्यकर्ता भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या ।
३) २०६४ चैत ९ गते कपिलवस्तु हथिहवा ३ का रामहर्षप्रसाद कुर्मीका छोरा शिवपुजन कुर्मीलाई गोली हानेर हत्या ।
४) २०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका–१० तौलिहवाका नसिबुल्लाह मुसलमान र स्थानीय पारसान कोहारकी श्रीमती अकला कोहारलाई गोली हानेर हत्या ।
५) २०६५ साल कात्तिक ९ गते पिपरा गाविसका सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानेर हत्या ।
६) २०६७ वैशाख १३ गते पकडी–६ का माओवादी कार्यकर्ता राजेन्द्रप्रसाद तिवारीको हत्या ।
७) २०७४ फागुन ३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानको ५ वर्षका छोरा मोहम्मद आयमानको अपहरण गरी हत्या ।
८) २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय तोकेको थियो ।
उक्त सवै घटनाहरु कपिलवस्तु जिल्लाका नागरिकमाथि भएका हुन ।
नसिव माथि लगाईएको अभियोगका केहि मुद्धाहरु कपिलवस्तु जिल्ला अदालतमा दर्ता भई फैसला समेत भएका छन भने केहि विचारधिन अवस्थामा छन । केहि मुद्धा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुलतबीमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
अभियुक्त नसिमले पत्रकार सम्मेलनमा प्रहरीले लगाईदिएको मास फालेर आफू राजनीतिकर्मी भएको बताउदैं यी सवै राजनीतिक मुद्धालाई राजनीतिक तवरबाटै न्याय दिलाउन संचारकर्मीसंग आग्रह गरेका थिए । प्रहरीले नसिमलाई पक्राउ गरेकोप्रति कपिलवस्तुका राजनैतिक दलका नेता तथा कार्यकर्ता एवं आमनागरिकहरुले भने सकारात्मक रुपमा लिएका छन् ।

≪ Previous Post

विषादीयुक्त फलफुल तरकारीको आयात रोक्न माग

Next Post ≫

अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क