बुटवल,७ फागुन । रुपन्देही व्यापार संघमा आवद्ध फेन्सी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । फेन्सी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलामा बोल्ने बक्ताहरुले व्यवसायीक समस्याहरुको पहिचान गरि त्यसलाई निराकरण गर्न संघले पहल लिनु पर्ने कुरामा जोड दिएका थिए ।
भेलाले फेन्सी व्यवसायीहरुको होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन गरेको छ । भेलाले भरत के.सी.को संयोजकत्वमा होलसेल बस्तुगत उपसमिति गठन गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिनु भयो । समितिको सह–संयोजकमा जीवलाल पौडेल, सचिवमा गोकर्णराज गिरी, सह–सचिवमा गिता भण्डारी खनाल रहनु भएको छ । सदस्यहरुमा करुणा भुसाल, दिपक श्रेष्ठ, सन्जय कसौधन र सुभास भट्टराई रहनु भएको छ ।
त्यसैगरि सुभाष नेपालको संयोजकत्वमा फेन्सी खुद्रा बस्तुगत उपसमिति गठन गरिएको छ । जसमा सचिवमा कमल पन्त र सदस्यहरुमा पिताम्बर भट्टराई, रामप्रसाद न्यौपाने, राधा ज्ञवाली, पिताम्बर अर्याल तथा दामोदर पाण्डे रहनु भएको छ ।
भेलाको समापनमा संघका निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, सहसचिव फर्सुराम पन्त, द्वितिय उपाध्यक्ष प्रकाश ढकाल, सदस्य बालकृष्ण बस्याल, होलसेल बस्तुगत उपसमितिका संयोजक भरत के.सी., सहसंयोजक जीवलाल पौडेल लगायतले बोल्नु भएको थियो ।