Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0
नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी
110
SHARES
ShareTweet


बुटवल ७ फागुन
नेपाली काँग्रेसका नेता तथा राजनीतिक विश्लेषक प्रदिप गिरीले हिंसात्मक आन्दोलनबाट आएको परिवर्तन दीगो हुन नसक्ने बताउनु भएको छ । हिंसा मानिसको मजवुरीका कारण हुने बताउँदै उहाँले नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता नपाउने उल्लेख गर्नुभएको हो ।
वी.पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार बुटवलमा आयोजना गरेको ‘२००७ सालको जनक्रान्ति, वी.पी. कोईराला र वर्तमान अवस्थामा राजनीतिक दलहरुको भूमिका’ विषयक बिचार मन्थन कार्यक्रममा बोल्दै उहाँले गरिवि र असमान बिकासको समस्या समाधान हुन सक्दैन भने आन्दोलनको बलबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको औंल्याउनु भयो ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता गिरीले २००७ सालमा संविधान सभाका माध्यमबाट संविधान बनाउने काँग्रेसले गरेको बाचा २०६४ मा आएर पुरा गरेको स्मरण गराउनु भयो । उहाँले मुलुकमा देखा परेका समस्या समाधान गर्ने हो भने देशका सबै राजनीतिक दलहरु एक भएर नागरिकका अधिकारका काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तैगरी नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले २००७ सालको जनक्रान्ति अंगाडी नै वी.पी.ले देखेको सपना पुरा गर्नकालागि ससस्त्रद्वन्द्वरत माओवादीलाई शान्ति सम्झौता गराएर संविधान सभाका माध्यमबाट संविधान निर्माण गरेको दावी गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनु भएका नेता खाँणले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा वी.पी.को सान्दर्भिकता अझै बढेर गएको बताउँदै २००७ सालको क्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिकको रुपमा स्थापित गरेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समयको असमानताका कारण अवको १० वर्षमा लाखौं मध्यम स्तरका जनता गरिबिको रेखामुनी पुग्ने चेतावनी दिनुभयो ।


कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र कुमार (राम) कार्कीले समाजबाद जीवन पद्धती भएको बताउँदै त्यसलाई सिद्धान्तको रुपमा लिन नहुने उल्लेख गर्नुभयो । उहाँले मुलुक र त्यहाका नागरिकलाई कस्तो बनाउने भन्ने कुरा अवलम्बन गरिने समाजवादले निर्धारण गर्ने भएकाले सोही अनुसारको समाजवाद अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कस्तो मोडलको समाजवाद आवश्यकता हो त्यसको बारेमा छुट्टै बहस गर्नुपर्ने समेत औंल्याउनु भयो । नेता कार्कीले सार्वजनिक समारोहमा मात्रै समाजवादको परिभाषा गर्नेभन्दा पनि आफ्नो परिवारबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।


राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले वी.पी. व्यक्तिमात्रै नभएर बिचारका रुपमा स्थापित भएको बताउँदै वी.पी.ले देखेको सपनाको भार अब नेपाली काँग्रेसले बोक्न सक्छ की सक्दैन भनेर नेपाली जनताले सोधिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘वी.पी.ले देखेको सपनाको भार काँग्रेसले बोक्न तयार छ ? नेपाली जनताले साधिरहेका छन्, आजको सबैभन्दा ठूलो प्रश्न यहि हो ।’


बिद्यार्थी कालदेखि नै वी.पीमा राणा शासन प्रति बिद्रोहको मनस्थिती रहेको बताउँदै नेता यादवले २००७ सालको जनक्रान्तिकै कारण आज भेला हुन, बोल्न, बिचार राख्न पाउने लगायतका मौलिक अधिकार प्राप्त भएको दावी गर्नुभयो ।
उहाँले वी.पी.ले अंगाडी सारेको समाजवाद मौलिकतामा आधारित भएको बताउँदै प्रजातन्त्र र राष्ट्रियतालाई संगै अंगाडी बढाउन सकिएन भने लोकतन्त्र नै खतरामा पर्ने उल्लेख गर्नुभयो । लामो संघर्षबाट प्राप्त भएको उपलब्धि लोकतन्त्र खतरामा परेको बताउँदै उहाँले सत्ताधारी दल आफै समस्यामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘एउटा अध्यक्ष भन्नुहुन्छ– देश समृद्ध बनाउने हो, अर्को अध्यक्ष भन्नुहुन्छ–कुरा त ठिकै हो तर जनता असन्तुष्ट छन् ।’
प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले ईतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन तथा वी.पी.को सिद्धान्त, मुल्य मान्यता र आदर्शलाई जीवन्त राख्नकालागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । प्रतिष्ठानका उपाध्यक्ष बिमलराज भट्टराईको धन्यवाद र सचिव खिमानन्द भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

व्यापार संघमा होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन

Next Post ≫

संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क