Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0
संघीयता सफल बनाउन मिडियाको महत्वपुर्ण भूमिका: प्रदेश प्रमुख यादव
90
SHARES
ShareTweet

बुटवल ७ फागुन
प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण रहेको बताउनु भयो ।
५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले बुधवार बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख यादवले भन्नुभयो– ‘राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सञ्चार माध्यमले भूमिका खेल्नु पर्दछ । सूचना र सञ्चार प्रवाहमा समयानुकुल परिवर्तनको जरुरी छ । ’
प्रदेश प्रमुख यादवले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको औल्याउनु भयोे ।
कार्यक्रममा राससका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताउनुभयो । उहांले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपुर्ण भएको उल्लेख गर्दै हरेक स्थानिय तहमा राससका प्रतिनिधी जरुरी रहेको बताउनुभयो । उहांले राससले प्रदेश स्तरमा बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरका उपप्रमुख बिना राना मगरले स्थानिय सरकार र मिडीयाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्ने बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले मिडीया जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानबिय जीवन शैली र मानवअधिकारको विषयमा मिडीयाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी.ले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताउनुभयो ।
समारोहमा रासस प्रदेश ५ बाट स्थानिय सम्वाददाताको रुपमा उत्कृष्ट चयन हुनुभएका रासस पश्चिम नवलपरासीका सम्वाददाता मोहन पौडेललाई नगद तथा सम्मानपत्रले सम्मान गरिएको थियोे ।

≪ Previous Post

नागरिकका ईच्छा विपरित गरिएका आन्दोलनले सार्थकता पाउदैन : काँग्रेस नेता गिरी

Next Post ≫

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क