Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0
तिलोत्तमा वडा नं.७ संगै ९ वटा वडा शुन्य पोलिथिन घोषणा
100
SHARES
ShareTweet

बुटवल ७ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ७ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ९ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत वडा नंं. ७ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
वडा कार्यालय परिसर, केवलानीमा आयोजित समारोहमा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष तथा वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेलगायतका जनप्रतिनिधिहरुले प्लेकार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले शुन्य पोलिथिन अभियान टोल, बस्ती, नगर सफा राख्ने अभियान भएको बताउनुभयो ।
उहाँले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन नगरपालिकाले समुदायमा आधारित यो अभियान चलाएको बताउनुभयो । उपप्रमुख जागेश्वरी चौधरीले जथाभावी फोहोर फाल्नेलाई प्रचलित कानुनअनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष पाण्डेयले वडालाई शुन्य पोलिथिन घोषणामा टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालयको यथेष्ट सहयोग मिलेको बताउँदै यसको सफल कार्यान्वयनमा पनि सबैको साथ चाहिने स्पष्ट पार्नुभयो । सिम नेपालका निपेश ढाकाले सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि पोलिथिनले पु¥याउने हानी–नोक्सानीबारे जानकारी दिँदै अभियान चलाइएको । कार्यक्रममा वडाबासीहरु खुशीयाली मनाउँदै बाजागाजाका साथ नाचगान गरेका थिए । यसअघि तिलोत्तमाका वडा नंं. १, २, ४, ६, ८, ९, १६ र ६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भैसकेका छन् ।

≪ Previous Post

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

Next Post ≫

व्यापार संघमा होलसेल तथा खुद्रा बस्तुगत उपसमिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क