Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0
प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा
110
SHARES
ShareTweet

बुटवल,६ फागुन
प्रदेश नं ५ को प्रदेश सभामा प्रदेश सभा सदस्यहरुले जनताका आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा भएको लाप्रवाही देखि विकास योजनामा कर्मचारी तन्त्र हाबि भएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको प्रदेश सभाको पाँचौ अधिवेशनकको चौथो बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले बिभिन्न क्षेत्रमा देखा परेका समस्या बारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सभाको बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्य कूलप्रसाद पोखरेलले जनताले छनोट गरेका योजना भन्दा कर्मचारीहरुबाट छनोट गरेका योजनाले प्राथमिकता पाउने गरेको भन्दै जनताले छनोट गरेका योजनाहरुलाई प्राथमिकतामा राख्न माग गर्नु भयो ।
बिशेष समयमै बोल्दै प्रदेश सभा सदस्य अष्टभुजा पाठकले एउटा वडामा परेको योजना मन्त्रालयका सचिवले अर्को वडामा सार्ने काम गरेको भन्दै सरकार जनप्रतिनिधिले चलाउने हो की कर्मचारीले भनि प्रश्न गर्नु भयो ।
प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेलले संसदले बनाएका कानूनहरु अझै पनि जनपक्षिय हुन नसकेको भन्दै हाकिमको चित्त बुझे जनताले न्याय पाउने र हाकिमको चित्त नबुझे न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनु भयो ।
अर्का प्रदेश सभा सदस्य बिजय बहादुर यादवले जनताका आधारभूत आवस्यकताको रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनसील बिषयमा पनि गम्भिर लापर्बाही भएको भन्दै लापर्वाही गर्नेमाथि कार्बाहीको माग गर्नुभयो ।
बाँकेको डुडुवामा म्याद गुज्रेको हात्तिपाइलेको औषधि खुवाइएको भन्दै म्याद गुज्रेको औषधि खुवाउने स्वास्थ्यकर्मीलाई कार्बाही गर्न माग गर्नु भयो ।
बाल बिवाह रोक्ने नाउमा प्रहरीले जथाभाबि बिवाह स्थलहरुमा छापा मार्ने गरेको भन्दै उहाँले छोरीहरुको बिवाह गर्ने उमेरमा पुनर्बिचार गर्नुपर्ने आवस्यकता औल्याउनु भयो ।
प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले संघीयता भनेको स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने निकाय भए पनि स्थानीय सीप र संस्कृति संरक्षण गर्नुको सट्टा त्यसलाई यो वा त्यो बहानामा अफ्ठेरो पार्ने गरेको गुनासो गर्नु भयो ।
स्थानीय संस्कृति र खान पानको प्रवद्र्धन गर्न नसके नेपाल भ्रमण बर्षको सार्थकता नपाउने भन्दै उहाँले स्थानीय तहमा उत्पादन गरिने मदिरालाई कानूनी दायरामा ल्याएर उत्पादन गर्न दिनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
त्यसैगरी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले गोरुसिंगे सन्धिखर्क सडक साघुरो भएका कारण सडक दुर्घटना बढेको भन्दै उक्त सडक प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गर्न माग गर्नु भयो ।
प्रदेश सभा सदस्य दिनेश पन्थीले पनि सडक दुर्घटना रोक्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अर्का प्रदेश सभा सदस्य बिष्णु प्रसाद पन्थीले गत बर्षकै योजनामा परेको कपिलबस्तुको बाडगंगा नदीमा हाई डम बाध्ये योजना अहिले सम्म सुरु नभएको भन्दै योजनाको काम सीघ्र सञ्चालन गर्न माग गर्नु भयो ।
प्रदेश सभा सदस्य तिलकराम शर्माले बर्दीयाको गुलरीया स्थित कृष्णसार संरक्षित क्षेत्र वर परका भुमिहीन सुकुम्वासी बस्ती व्यवस्थापन गर्न माग गर्नु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले प्रदेश नं ५ लाई परिक्षणको केन्द्र नभएर बिकासको केन्द्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धी कानूनमा संसोधन र एकिकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक,सेवाको सर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नु भयो ।
त्यसैगरी बैठकमा प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गर्नु भएको थियो ।
प्रदेश सभाको अर्को बैठक यही फागुन १६ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।

≪ Previous Post

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

Next Post ≫

प्रजातन्त्र दिवसमा २००७ सालको जनक्रान्ति बिषयमा बिचार मन्थन गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क