Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0
सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा
90
SHARES
ShareTweet

बुटवल, ६ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई वर्षको अवधिमा सरकारले जनताको अपेक्षा अनुसारका कुनैपनि काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बहुमतको सरकार भएपनि सरकारले जनताका अपेक्षा अनुसार जनताले अनुभुति गर्नेगरी कुनै पनि काम गर्न नसकेको अध्यक्ष थापाले बताउनु भयो ।
मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका राप्रपा अध्यक्ष थापाले ५ बर्षका लागि जनादेश प्राप्त बहुमत सरकारका प्रधानमन्त्रीले सरकार ढाल्ने षड्यन्त्र भैरहेको छ भन्नु आश्चर्यजनक कुरा हो भन्दै सरकार ढाल्ने षडयन्त्र कहां को बाट भएको हो सो बारे जनतालाई प्रष्ट रुपमा जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा वलीलाई आग्रह गर्नु भयो ।
प्रधानमन्त्री वलीले आफ्नै गृह जिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भईरहेको अभिव्यक्ति दिनुभएको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले कहाँबाट कुन शक्तिले सरकार ढाल्ने षड्यन्त्र गरेको हो प्रधानमन्त्रीले प्रष्ट रुपमा भन्नुपर्ने बताउनु भयो । उहाँले विपक्षी दलहरु र जनता यो सरकारले ५ वर्ष काम गरोस भन्नेमा रहेको भएपनि दुई वर्षको अवधिमै प्रधानमन्त्रीको यस्तो अभिब्यक्ति आउनु दुखद हो भन्नुभयो ।
पार्टीको पाँच नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आउनु भएका अध्यक्ष थापाले तीन पार्टी बिचको एकताका काम सकिएको बताउँदै एकताकालागि पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहोनीको फोन कुरेर बसेको बताउनु भयो । उहाँले भन्नुभयो–‘एकताको काम सबै सकिएको छ, अव पशुपती जी र प्रकाश जीले मिति तोकेर हामीलाई बोलाउन मात्रै बाँकी छ ।’
पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी नेपालको हितमा रहेको बताउँदै उहाँले सत्तारुढ दलका जिम्मेवार नेताबाटै त्यसको बिरोध हुँदा गम्भिर प्रश्न र आशंका उत्पन्न भएको उल्लेख गर्नुभयो । एमसीसीका बिषयमा सरकारले प्रष्ट धारणा बनाउनु पर्ने बताउनु भयो ।
राप्रपाले ३ लाख क्रियाशिल सदस्य बढाउने लक्ष्य सहित सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जसमा हालसम्म बागमती र गण्डकी प्रदेशमा सकिएको छ भने आज मंगलबार र भोली बुधबार प्रदेश पाँचमा प्रशिक्षण कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भयो । पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको राप्रपाले तीन पार्टी बिच एकता पुरा गरेर आगामी २०७७ जेठ २५ गतेलाई महाधिवेशनको मिति समेत तय गरिसकेको उहाँले जानकारी गराउनु भयो ।
निर्वाचनको संघारमा पार्टी विभाजन हुनु, नेपाली काँग्रेससंगको सहकार्य हुनु तर सहकार्यमा काँग्रेसले ईमान्दारिता नदेखाउनु, कमजोर संगठन लगायतका कारणले गत निर्वाचनमा पार्टीले नराम्रोसंग हार व्यहार्नु परेकाले त्यसबाट पाठ सिकेर पार्टीलाई मजबुद बनाउनकालागि अभियान सञ्चालन गरिएको समेत उहाँले बताउनु भयो । उहाँका अनुसार ०७७ जेठ २५ भित्रै प्रदेश, ७५३ वटै स्थानीय तह तथा सबै वडामा पार्टीको संगठन निर्माण गरिने समेत जानकारी गराउनु भयो ।

≪ Previous Post

जवरजस्ती करणी गर्ने युवक पक्राउ

Next Post ≫

प्रदेश नं ५ प्रदेश सभा: प्रदेश सभा सदस्यहरुका आ आफ्नै गुनासा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क