Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ कुशल आचार्य बने नवौं दीप गायन तारा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कुशल आचार्य बने नवौं दीप गायन तारा

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0
कुशल आचार्य बने नवौं  दीप गायन तारा
80
SHARES
ShareTweet


बुटवल, ५फागुन
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले सोमवार आयोजित दीप गायन तारा प्रतियोगितामा शान्ति नमूना मा.वि.का विद्यार्थी कुशल आचार्य दीप गायन तारा बन्न सफल भएका छन् ।
त्यसैगरी एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कूलले शैक्षिक उन्नयन र अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र आगामी दिनमा यस विद्यालयले अझ बढी शैक्षिक सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी खेलकुद पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने नेपाल टेलिभिजनका संवाद दाता हरिष ढकाललाई नगद रु. १० हजारका साथ सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीको विशिष्ट आतिथ्यता, पूर्व जि.शि.अ. टेकबहादुर थापा, राष्ट्रिय कलकार हेमन्त शर्मा, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम वरिष्ठ सङ्गीतकार नारायण थापा, राष्ट्रिय गायक विनोद गुरुङ र गायक प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय गायक हेमन्त शर्मा र विनोद गुरुङको साङ्गितिक प्रस्तुति रहेको थियो भने विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

≪ Previous Post

लियोको अन्तर विद्यालय टेबलटेनिस बुधवारदेखि

Next Post ≫

चोरी गरेका मोटरसाईकल सहित ६ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क