Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चोरी गरेका मोटरसाईकल सहित ६ जना पक्राउ
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चोरी गरेका मोटरसाईकल सहित ६ जना पक्राउ

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७६ · 0
चोरी गरेका मोटरसाईकल सहित ६ जना पक्राउ
70
SHARES
ShareTweet



बुटवल ६ फागुन
रुपन्देहीका बिभिन्न स्थानबाट चोरी भएका मोटरसाईकल सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीका बिभिन्न स्थानमा मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवनकुमार पुन मगर तथा रुपन्देहीकै देवदह नगरपालिका वडा नं. ११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी गराउनु भयो ।
प्रहरीले उनीहरुको साथबाट लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल, लु १६ प ४२१३ नम्बरकोे स्कुटी, लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल, लु ३३ प ३०५ नम्बरको एभेन्जर मोटरसाईकल र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल बरामद गरेको छ ।
यहि फागुन १ गते रातीको समयमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ्मा राखेको लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । उक्त मोटरसाईकल खोजी गर्ने क्रममा प्रहरी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ रेहरा स्थित धर्मेन्द्र चमारको आफ्नै घरमा लु ३२ प ९२५९ नम्बरको पल्सर सहित फेला पारेपछि खोजी अपरेस चलाएको प्रहरीले बाँकी मोटरसाईकल चोरी गरेर लैजाँदै गर्दा बुटवल उपमहानगरपालिका वडा ११ देवीनगरबाट पक्राउ गरिएको प्रनाउ भट्टराईले बताउनु भयो ।
लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल गत १ गते राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको पार्किङ् स्थलबाट हराएको थियो । त्यस्तै गत आईतबार आफ्नै घरमा पार्किङ गरेर राखेको लु १६ प ४२१३ नम्बरकोे स्कुटी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीबाट चोरी भएको थियो भने सोही दिन बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा आफ्नै घरमा पार्किङ्मा राखेको लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट प्रहरीले बरामद गरेको लु ३३ प ३०५ नम्बरको एभेन्जर र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल र पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । महंगो मल्यमा किनेका मोटरसाईकल चोरी गरेर १५÷१६ हजार रुपैंयामा बिक्रि गर्ने गरेको समेत पाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

कुशल आचार्य बने नवौं दीप गायन तारा

Next Post ≫

जवरजस्ती करणी गर्ने युवक पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क