अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्न जरुरी
बुटवल ५ फागुन
सोमवार देखि बुटवलमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताशुरु भएको छ ।
प्रतियोगिताको पुर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले एक समारोहका बीच शुभारम्भ गर्नु भयो ।
त्यस अवसरमा पुर्वमन्त्री विश्वकर्माले बुटवलमा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले खेलकुदको विकासका लागि पुर्वाधार पहिलो प्राथमिकता भएकाले सोही अनुसार विकास गर्न स्थानिय सरकारलाई आह्वान समेत गर्नु भयो ।
लन टेनिस संघकी केन्द्रिय अध्यक्ष ज्योती राणाले बुटवलमा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने गरि पुर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । संघका अध्यक्ष संजय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले विकास समितिले निर्माण गरेको लन टेनिस कोडको संरक्षण अवका दिनमा लन टेनिस संघले नै गर्ने गरि हस्तान्त्ररण भएको खुलासा गर्नु भयो । देविनगरमा टेनिस कोर्ट कम्प्लेक्स बनाउन महत्वपूर्ण योगदान गरेका खेलप्रेमीहरु योग गुरुङ र केशब थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उद्घाटन मेन्स सिगलतर्फको खेलमा काठमाण्डौका निशान श्रेष्ठले बुटवलका भिष्म काउचालाई २–१ को सेटमा पराजित गरेका छन । पहिलो सेट भिष्मले ६–७ अंकले जित्दै अग्रता लिएका थिए तर दोस्रो सेटमा निशान खेलमा फर्किए । निशानले दोस्रो सेट ६–१ अंक जित निकाल्दै खेल बराबरी ल्याए । निर्णायक अन्तिम सेटमा निशानले खेल ६–० को अंकले आफनो पक्षमा पार्दै २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि सोमबार भएको मेन्स सिगलमा सन्तोष खत्रीले समिर क्षेत्रीलाई ६–१, ६–१ को सेट, नबिन मगरले निरज गुरुङलाई ६–१, ३–६, ६–३ अंक, विकास खड्काले दिपक अर्याललाई ६–१, ६–२ को अंक तथा एक खेलमा वाक ओभर पाएर संयकविक्रम बज्राचार्य क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
मेन्स ३५ वर्ष उमेर समुहको खेलमा राजन पौडेलले सोम रानालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेको हो । ३५ वर्ष उमेर समुहकै रामु बिकले शेषमणी चौधरीलाई ६–०, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । आयोजक गोपाल ज्ञवालीले असोक गुरुङलाई २–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । आयोजक बुटवलका सन्जय प्रसाद श्रेष्ठले बुटवलका अन्जय बानियालाई ६–३, ६–२ तथा अर्जुन गुरुङले विशेष अमात्यलाई ६–१, ६–२ को सोझो सेटमा जित निकालेका छन। राजु श्रेष्ठले अनिल सेनचुरीलाई ७–५, ६–० र सबिर मिया वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ४५ माथि उमेर समुहमा पोखराका नबिन चालिसेले नेपाल आर्मीका प्रेम थापालाई ६–२, ६–३, पोखराका धर्मसिह लामिछानेले बुटवलका विष्णु प्रसाद चापागाईलाई ६–१, ६–२, पोखराका गोपी भट्टराईले पोखराका जगत शाहलाई ६–०, ६–२, काठमाण्डौका सुकमान तामाङले काठमाण्डौ उत्तम बोगटीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
मंगलबार मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स गरि २५ वटा खेलहरु हुने छन ।
प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका समेत खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन । प्रतियोगितामा १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरिरहेका रुपन्देही लन टेनिस संघका अध्यक्ष संजय श्रेष्ठले बताउनु भयो ।
