Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक विकासमा जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक विकासमा जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
औद्योगिक विकासमा  जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि
70
SHARES
ShareTweet

बुटवल, ३ फागुन । बुटवल औद्योगिक क्षेत्र उद्योग सघं, बुटवलको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री लिला गिरिले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री गिरीले नेपालको औद्योगिक विकासका लागि कसैले पनि इन्तुकिन्तु परन्तु भनेर जिम्मेवारीबाट भाग्न नपाइने बताउदै उद्योग र उद्योगीका समस्या समाधान गर्न प्रदेश सरका सधै कतिबद्ध रहेको जनाउनु भयो ।
मन्त्री गिरिले पाच नं. प्रदेशमा रहेका औद्योगिक क्षेत्रहरुलाई प्रदेश मातहतमा ल्याएर त्यसलाई उद्योग मन्त्री बनाउने योजना र लक्ष्य लिएको बताउदै त्यसका लागि केन्द्रीय सरकारसंगको छलफल अगाडी बढेको धारणा राख्नु भयो । उहाले मुलुकको समृद्धि र विकासमा उद्योग र उद्योगीहरुले पु¥याएको योगदानलाई राज्यले कहित्यै पनि सानो नठान्ने प्रतिवद्धता व्यक्त गर्दै संघ र प्रदेश सरकारवीचको साझा अधिकारको पहिचान र दायित्वका बारेमा स्पष्ट हुन नसक्दा काममा कठिनाई देखिएकोप्रति गम्भिर रहेको बताउनु भयो ।
उहाले बुटवल औद्योगिक क्षेत्रको विकास र त्यहाका जग्गा अभाव, विद्युतको सहज आपूर्ति, ढल तथा पानीको समस्या समाधान गर्ने विषयमा संबन्धित निकाय जिम्मेवार बन्न निर्देशन दिदै बुटवल धागो कारखानाले आगटेको जग्गालाई सदुपयोग गर्ने बारेमा छिटै ठोस पहल गरिने आश्वासन दिनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले औंद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्म लिएको व्यवस्थापन लिमिटेडले उद्योगको संरक्षणमा काम गर्न नसकेको बताउदै सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरु प्रदेशको मातहतमा नआउदासम्म त्यसको सहि विकास हुन नसक्ने हुदा तत्काल सरकारले त्यसमा काम गर्न आग्रह गर्नु भयो ।
संघका पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले राज्यका तर्फबाट आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय उद्योगहरुको संरक्षणमा नीतिहरु बनाएर कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
संघका अध्यक्ष हिरामणी भट्ट्राईको अध्यक्षता, महासचिव इ. नेत्रनारायण भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, नेपाल विद्युत प्राधिकरण, बुटवलका प्रमुख राजेश मिश्र लगायत बोल्नु भएको थियो ।

≪ Previous Post

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

Next Post ≫

हुगेली सम्पर्क समाजको साधारण सभाको अवसरमा आयोजित रक्तदानमा ५५ पोईन्ट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क