Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म
70
SHARES
ShareTweet


प्रदेश पाँच सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभूषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा शनिबार बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो ।
पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान पुराएको भन्दै नयाँ युगवोध दैनिक दाङका प्रधान सम्पादकका नारायणप्रसाद शर्मा रेग्मीलाई समाजसेवा श्री प्रथमबाट विभूषित गरिएको छ ।
समाजसेवा श्री द्वितीयबाट स्वर्गीय सम्सेरबहादुर खत्री (गुल्मी), स्वर्गीय हिमादेवी उपाध्याय दाङ्, अशोककुमार रोकाय क्षेत्री (बाँके) समाजसेवा श्री तृतीयबाट डा. लेखराज सुवेदी (प्युठान), घट्टप्रसाद अर्याल (पाल्पा), एजाज आलम (रुपन्देही) लाई विभूषित गरिएको छ ।
बुद्धशान्ति पदकबाट स्वर्गीय भिक्षु नावातामे (जापान), प्रदेश प्रमुख जनसेवा पदक प्रथमबाट मोदनाथ प्रश्रित (रुपन्देही), प्रदेश प्रमुख जनसेवा पदक द्वितीयबाट स्वर्गीय कृष्णसेन ईच्छुक (अर्घाखाँची), प्रदेश प्रमुख जनसेवा पदक तृतीयबाट स्वर्गीय सुर्यप्रकाश पुन र उहाँकी श्रीमती स्वर्गीय परम्परा गौतम (रुकुम पूर्व), प्रदेश प्रमुख जनसेवा पदक तृतीय भगौता थारु (दाङ) लाई विभूषित गरिएको छ ।
त्यस्तै मुख्यमन्त्री प्रज्वलदीप प्रथमबाट स्वर्गीय उत्तरकुमार वली (दाङ), प्रदेश सेवा समर्पण प्रथमबाट डा. तिर्थराज ढकाल, प्रदेश सेवा समर्पण द्वितीयबाट सुरेन्द्र अर्याललाई प्रदान गरिएको छ । प्रदेश रत्न प्रथमबाट महेश चौधरी (दाङ), प्रदेश रत्न द्वितीयबाट स्वर्गीय परमानन्द भण्डारी (गुल्मी), चुन्नुप्रसाद शर्मा (सिपी) (रुपन्देही), शशिधर शर्मा (रुपन्देही), प्रदेश रत्न तृतीयबाट डा. विष्णुराज आत्रेय (कपिलबस्तु), नर्बु लामा (रुपन्देही), बुद्धिबहादुर रायमाझी (अर्घाखाँची), चित्रकली बुढा (प्युठान), सोमपाल कामी (गुल्मी) विभूषित गरिएको छ ।
पुथा श्री शिखर द्वितीयबाट कृष्णलाल चौधरी बाँके, प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी बाणिज्य क्याम्पस (बुटवल), प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक बिद्यालय (गुल्मी), प्रजापती गौतमी तृतीयबाट पिमकुमारी गिरी (दाङ), भागिरथी घर्ती (रोल्पा), दंगीशरण बलिहाङ प्रथमबाट वेपत्ता सगुनलाल चौधरी (बर्दिया) तथा दंगीशरण बलिहाङ द्वितीयबाट स्वर्गीय जीतबहादुर थापा मगर (दाङ), दंगीशरण बलिहाङ तृतीयबाट एकराज चौधरी (बर्दिया), अब्दुल लतिफ सौफ (बाँके) र कौषलेन्द्र श्रीवास्तव (नवलपरासीलाई विभूषित गरिएको छ ।

≪ Previous Post

'कृषिलाई उद्यमसंग जोडेर विकास गरिने '

Next Post ≫

औद्योगिक विकासमा जिम्मेवारीवाट नभागौ: मन्त्री गिरि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क