Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0
‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘
60
SHARES
ShareTweet

बुटवल ३ फागुन
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिको पहिलो आधार कृषि भएकोले कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
उहाँले कृषिमा आधुनिकिकरण, व्यबसायिक बिकास तथा बजारीकरणमा जोड दिँदै कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढ्ने प्रदेश सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो ।
प्रदेश पाँचको तेस्रो स्थापना दिवसको शनिबार बुटवलमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।
सोही अनुसार लगानीकालागि प्रदेश भित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी समेत गराउनु भयो । उहाँले आगामी बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत हुने परियोजनामा समेत प्रदेश भित्रकै लगानी कर्ताहरु प्राथमकितामा राखिएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका उद्योगलाई जिवन्तता दिनकालागि सरकारले सोंच बनाएको बताउँदै गुल्मीको कफिलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकालागि पनि सरकारले पुलको रुपमा काम गर्ने जानकारी गराउनु भयो । प्रदेशमा औद्योगिक बिकासकालागि तीन स्थान (रुपन्देही, दाङ् र बाँके)मा औद्योगिक क्षेत्र स्थापना गरिने बताउँदै अहिलेपनि यी क्षेत्रमा उद्योगमा लगानी बढीरहेको उल्लेख गर्नुभयो ।
सामुदायिक बिद्यालयको पठनपाठनमा गुणस्तर बृद्धि गरि प्राबिधिक शिक्षालाई अंगाडी बढाउने, स्थास्थ्य क्षेत्रको स्तर बृद्धिकालागि लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजना र राप्ती प्रादेशिक अस्पतालको स्तर बृद्धिमा सरकार लागेको उहाँले जानकारी गराउनु भयो । मुख्यमन्त्री पोखरेलले विपद व्यबस्थापनकालागि प्रदेश आफै सक्षम हुनेगरी प्रदेश तालिम केन्द्रको निर्माण गर्ने लक्ष्य लिईएको बताउनु भयो । प्रदेशको सुरक्षा बिधेयक ड्राफ्ट हुँदै गरेको जानकारी गराउँदै उक्त विधेयक आएपछि त्यो काम अंगाडी बढ्ने बताउनु भएको हो ।
मुख्यमन्त्री पोखरेलले अन्य प्रदेश भन्दा यो प्रदेश सबैकुरामा अंगाडी रहेको जानकारी गराउँदै चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा पुँजीगत खर्च १८ प्रतिशत भएको जानकारी गराउनु भयो । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी रहेको पनि उहाँले स्मरण गर्नुभयो ।
सोही अवसरमा प्रदेश सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकद्वारा ३५ जनालाई विभुषित गरिएको थियो भने साफ गेममा प्रदेशबाट सहभागि भई पदक विजेता खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । त्यस्तै प्रदेश स्थापना दिवसमा प्रदर्शन गरिएको झाँकीमा उत्कृष्ट प्रदर्शन गर्ने १३ समुहलाई क्रमवद्ध रुपमा पुरस्कृत गरिएको थियो ।

≪ Previous Post

सरकार सही दिशामाः विश्वकर्मा

Next Post ≫

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क