Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा
80
SHARES
ShareTweet


तिलोत्तमा २ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. १ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ८ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत शुक्रबार वडा नंं. १ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
शिवचोकमा आयोजित समारोहमा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष तथा वडाध्यक्ष तामनाथ पाण्डेलगायतका जनप्रतिनिधिहरुले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो । सो अवसरमा बोल्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको यो अभियानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व राख्ने बताउनुभयो । जनस्तरबाट सञ्चालन भएको यो अभियान सफल हुने बताउँदै उहाँले आफ्नो टोल, बस्ती, नगर सफा राख्ने अभियानलाई अरुले पनि अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले शुन्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिङ्गो देशकै लागि उदाहरणीय प्रयास भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिनुभयो । वातावरण प्रदुषण र जलवायु परिवर्तनमा पोलिथिनजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन सिंगो देशलाई शुन्य पोलिथिन बनाउनुपर्नेमा जोड दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जथाभावी पोलिथिनजन्य फोहोर फालेमा जरिवाना गर्नेगरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । वडाध्यक्ष तामनाथ पाण्डेयले वडालाई शुन्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था, आमा समूह, विद्यालयको इमान्दार साथ चाहिने स्पष्ट पार्नुभयो ।
तिलोत्तमालाई शुन्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दीगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि फ्याँकिएका ३८ हजार बोरा पोलिथिनजन्य फोहोर संकलन भइसकेको बताउनुभयो ।
नगरलाई शुन्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल–टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि पोलिथिनले पु¥याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिने गरिएको सिम नेपालका कार्यकारी निर्देशक लक्ष्मी चापागाईले बताउनुभयो । वडालाई शुन्य पोलिथिन घोषणा समारोहमा टोल विकास संस्था, आमा समूह लगायत संघसंस्थालाई सम्मान गरिएको थियो ।
प्रदेश सरकार स्थापना दिवसको अवसर समेत पारेर आयोजना गरिएको सरसफाईपछि घोषणासभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सरकारी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो । यसअघि तिलोत्तमाका वडा नंं. २, ४, ६, ८, ९, १६ र ६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भइसकेका छन् ।

≪ Previous Post

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

Next Post ≫

स्तरीय डाँफे होेटल सैनामैनामा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क