बुटवल २ फागुन
पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२ मा सुविधा सम्पन्न डाँफे होटल तथा रेष्टुरेण्ड आज देखि सञ्चालनमा आएको छ ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सो होटलको एक कार्यक्रमका विच शुभारम्भ गर्नुभएको हो ।
बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले पर्यटन प्रर्वद्धन गर्न स्तरीय होटलहरु सैनामैनामा आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले पर्यटकिय,धार्मिक एवं एतिहासिक रुपमा सैनामैना विश्व माझ परिचित रहेको स्मरण गराउँदै सञ्चालनमा आएका र अव खुल्ने होटलहरु ब्यवस्थित र सुरक्षित एवं भरपर्दा हुनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय अनैतिक क्रियाकलापहरु लजहरुमा भइरहेको खवर सञ्चामाध्यममा आएको बताउदै सभ्य एवं निति अनुरुप सञ्चालन गर्न होटल ब्यवसायहरुलाई आग्रह गर्नभयो । लुम्बिनी घुम्न आउने पर्यटकलाई सैनामैनामा भित्राउन पर्यटन क्षेत्र,धार्मिक तथा एतिहासिक पुुरात्वतिक बस्तुको विकास गर्न सैनामैना लागीरहेको मेयर कार्कीले भन्नुभयो । फरक प्रसंगमा बोल्दै कार्कीले विकासले तिव्रता पाइरहेको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा उधोग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रि,सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे,सैनामैना होटल तथा रेष्टुरेण्ड ब्यवसायी संघका अध्यक्ष नारायण खरेलले बोल्दै आन्तरिक तथा बाह्र पर्यटकहरु भित्राउन पनि यस्ता होटलहरुले महत्वपुर्ण भुमिका खेल्ने जिकिर समेत गरेका छन् । यस्ता ब्यवसायहरुले रोजगारको स्थापना संगै विदेशी मुद्रा भित्रिने विश्वास ब्यक्त गरेको बताउदै स्वरोजगार बन्न स्वदेशमै यस प्रकारको ब्यापार ब्यवसाय गर्न सवैलाई आग्रह गरेका छन् ।
सानो लगानीले स्वदेशमै केही गर्नुपर्छ भन्ने मानसिकताले यो ब्यवसाय आरम्भ गरेको होटल सञ्चालक नारायण सेनले बताउनुभयो । ३० लाखको लगानीमा सुरु गरेको समेत सेनले जानकारी दिदै रोजगारको अवसर सिर्जना गर्दै जिवनस्तर माथि उठाउन यो ब्यवसाय गरेको बताउनुभयो । उनले भने “हामीले यो ब्यवसाय सुरु गरेका छौ,थप फराकिलो सुविधायुक्त अझै बनाउने तर्खरमा लागी परेका छौँ ”।