Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड
70
SHARES
ShareTweet


बुटवल २ फागुन
मुलुकमा अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गराउनु पपर्नेमा वक्ताहरुले जोड दिएका छन ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा सञ्चालित इन्टलेक्च्युअल एकेडेमीको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले शिक्षा सीपयुक्त र व्यबहारिक हुनु पर्ने धारणा राखेकाहुन ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणी खनालले अबको शिक्षा प्राबिधिक र उपयोगी हुनु पर्नेमा जोड दिनुभयो । सीप बिनाको शिक्षाको कुनै औचित्य नरहेको बताउँदै उहाँले अब सबै बिद्यालयले प्राबिधिक शिक्षालाई जोड्नुपर्ने भनाई राख्नुभयो । उहाँले शिक्षामा नीजि क्षेत्रलाई अव कसैले पनि नकार्न नसक्ने बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको जानकारी गराउनुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बिद्यालय स्थापनाको छोटो समयमा नै पहिचान स्थापित गर्न सफल भएको बताउँदै स्थापित पहिचानलाई कायम राख्नकालागि शिक्षाको गुणस्तरलाई अझै बृद्धि गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले नेपालका शैक्षिक बिकासमा नीजि बिद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने भनाई राख्नुभयो ।
बिद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुस्मा अर्याल, बिद्यालयका प्रवन्ध निर्देशक रामराज पाख्रेल, बिद्यार्थीहरु सिमरन थापा, झरना थापा, एञ्जिला पोख्रेल, संगिता पौडेल लगायतले भनाई राख्नुभएको थियो ।
बिद्यालयको बार्षिकोत्सव समारोहमा बिद्यालय स्थापना कालदेखि हालसम्म निरन्तर काम गर्दै आएका १० जना शिक्षक तथा कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो भने अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट भएका बिद्यार्थी तथा बिद्यालयले सञ्चालन गरेका अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय भएका बिद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

≪ Previous Post

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

Next Post ≫

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क