Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0
तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित
60
SHARES
ShareTweet


बुटवल २७ माघ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ ।
यो संगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् ।
नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सात वटै टोल विकास संस्थाका अध्यक्षहरु र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो ।
सो अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं वडावासी गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले शुरु गरेको शुन्य पोलिथिन नगर बनाउने अभियान सामान्य विषय नभई सिंगो देशकै लागि उदाहरणीय प्रयास भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिनु भयो ।
वातावरण प्रदुषण र जलवायु परिवर्तनमा प्लास्टिकजन्य फोहोर मुख्य समस्या रहेको उल्लेख गर्दै भट्टराईले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन सिंगो देशलाई शुन्य पोलिथिन बनाउनुपर्नेमा जोड दिनु भयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पांच करोड रुपैयां बराबरको श्रमदान गरेर सात वटा वडालाई शुन्य पोलिथिन बनाउन सफल भएको बताउनु भयो ।
नगरवासीले आफ्नो दैनिक आनीबनीमा परिवर्तन गर्नुपर्ने आग्रह गर्दै उहाँले बाहिरका मान्छेले जथाभावी प्लास्टिक र पोलिथिनजन्य फोहोर फालेमा नगद जरिवाना गर्ने गरी कार्यविधि बनेको र छिट्टै कार्यान्वयनमा आउने बताउनु भयो । नगरभित्र एक हजार बढी डस्ट बिन वितरण गरिएको र खुलारुपमा पोलिथिन नफाल्न सचेतनामूलक साइन बोर्ड टांगिएकाले अब जथाभावी फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने बताउनु भयो ।
तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले नगरपालिकाको केन्द्र भाग मणिग्राम क्षेत्रसहित वडालाई शुन्य पोलिथिन घोषणा कार्यान्वयनमा टोल विकास संस्था,आमा समूह, विद्यालय,कलेज र उद्योगी–व्यवसायीको इमान्दार साथ चाहिने बताउनु भयो । तिलोत्तमालाई शुन्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दीगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि फ्यांकिएका ३५ हजार बोरा प्लास्टिक र पोलिथिन संकलन भइसकेको र अझै एक तिहाई संकलन गर्न बांकी रहेको बताउनु भयो । फागुन दोस्रो हप्तासम्म करिब २० हजार विद्यार्थी र ५ हजार वौद्धिक वर्ग गरी २५ हजार व्यक्तिलाई वातावरण र जलवायू परिवर्तनबारे प्रशिक्षण दिएर गिनिज बुक अफ वल्र्ड रेकर्ड सहित नगरपालिकालाई शुन्य पोलिथिन नगर बनाउने अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो ।
उहाँले तिलोत्तमाको यो अभियान नेपालकै लागि गौरवको विषय हुने बताउनु भयो । नगरलाई शुन्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाई, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि प्लास्टिकले पु¥याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिने गरेको सिम नेपालकी कार्यकारी निर्देशक लक्ष्मी चापागाईले बताइन् ।
यसअघि तिलोत्तमाका वडा नंं. २,४,६,८,९र १६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भइसकेका छन् ।

≪ Previous Post

दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने

Next Post ≫

समाजको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख यादव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क