Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने

संसारपोस्ट संवाददाता · २७ माघ २०७६ · 0
दानापुर– गजेडी ताललाई जोडेर जल पर्यटनको पर्बद्धन गर्न सकिने
90
SHARES
ShareTweet


बुटवल २७ माघ
गैडहवा गाउपालिकामा रहेको रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवातालको प्रचार प्रसार गरी गैडहवाको प्रर्यटन प्रबर्ढन गर्नको लागि यही पाmगुन १ गते देखि प्रथम गैडहवाताल महोत्सव–२०७६ संचालन हुने भएको छ ।
गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटले विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले “ कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मूल नाराका साथ आगामी फागुन १ गतेदेखि १० गते सम्म सञ्चालन हुने “प्रथम गैंडहवा ताल महोत्सव २०७६” को आयोजना गर्न लागेको बताउनु भएको छ ।
गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौ”ं “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान” लगायत नारा सहित संचालन हुन लागेको प्रथम गैडहवा महोत्सवले ओझेलमा परी सधै उपक्षित हुदै आइरहेको गैडहवा तालको संसारभर प्रचार भई लुम्बिनीमा आउने पर्यटकहरुलाई आवास सहितको भ्रमण गर्नमा उत्साहित गराउने अध्यक्ष केवटको बिश्वास छ ।
अध्यक्ष केवटले संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाईरहेको सन्दर्भमा प्रदेश नं ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न यो महोत्सव फलदायी हुने विश्वास गर्दै नेपाल आफंैमा पर्यटनको दृष्टीकोणले महत्वपूर्ण छ भन्ने विषयमा कुनै विमती छैन तर यहाँ पर्यटनको प्रचुर सम्भावना बोकेको गैंडहवा गाउँपालिका वडा नं ४ स्थित गैंडहवा तालको प्रचार प्रसार नहुँदा यसको वास्तविक अवस्था बाहिर आउन नसकेकोले तालको प्रचार प्रसारको साथसाथै ताललाई पर्यटनको गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको छ ।
अध्यक्ष केवटले गैंडहवा गाउँपालिकाको वडा नं १ र ४ मा थारु होम स्टे सञ्चालन गर्ने र वडा नं २ को जोगडेश्वर महादेव मन्दिर, वडा नं ५ को रामजानकी मन्दिर, वडा नं ९ को बोटानिकल गार्डेन र वडा नं ७ को बुद्ध गार्डेनको रुपमा विकास गर्दै गैडहवा ताललाई गाउँपालिकाको वडा नं ९ स्थित तुल्सीहवा तालसँग जोडेर जल पर्यटनको रुपमा विकास गर्न सकिने बताउदै गाउँपालिकाको ८ नं वडामा रहेको देउराली सामुदायिक वनमा रहेको बाल उद्यानलाई पर्यटकीय रमणीय पार्क बनाउने योजना समेत रहेको अध्यक्ष केवटले बताउनु भएको छ यसैगरी यस गाउँपालिकाको वडा न ६ र ८ मा पर्ने सन्तेश्वर घाट नजिक रहेको यशोधरा पार्क स्थापनाको समेत तयारी भएको छ भने ताललाई कञ्चन गाउँपालिकामा रहेको दानापुर– गजेडी तालसँग जोडेर जल पर्यटनको रुपमा सहकार्य गर्न सकिने सम्भावनालाई बलियो बनाउन महोत्सव सफल हुनेमा समेत अध्यक्ष केवटले बिश्वास गर्नुभएको छ रहेको छ ।

प्रचार प्रसार उपसमितिका संयोजक तथा गैडहवा गाउपालिका वार्ड नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले संचारकर्मीहरुलाई महोत्सवको प्रचार संगसंगै रुपन्देहीको शानको रुपमा स्थापित गर्ने गरी गैडहवातालको हरेक संचार गृहहरुबाट समाचार,लेख,श्रब्य तथा दृष्य रिपोर्ट,फिचर र अनुसन्धनात्मक लेखहरु प्रकाशन प्रसारण गरी अस्ताउन लागेको सुर्यको किरण गैंडहवा तालमा ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने गैडहवा तालको ब्यापक प्रचार गरी सहयोग गर्न आग्रह गर्दै गैडहवामा पर्यटक बढे त्यसको श्रेय संचारकर्मीहरुलाई पनि जाने बताउनु भएको छ। व्डा अध्यक्ष रानाले ८४ विघा क्षेत्रफलमा रहेको तालको ५० विघा क्षेत्र जलाशययुक्त रहेको तालमा २ सय प्रजातिका चराचुरुङ्गी पाइने तालमा घस्रने प्रजातिका मात्रै २० रहेको बताउदै गैडहवामा एशियाकै दोस्रो ठूलो जटायु रेष्टूरेण्ट पनि गैडहवाको अर्को आकर्षण बन्न सक्ने र रेष्टुरेण्टको पनि प्रचार गरिदिन आग्रह गर्नु भएको छ । लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तव्यको रुपमा बिकास गर्न र १२ महिना नै आन्तरिक तथा वाह्य पर्यटकलाई तालमा डुङ्गामा शयर गराउन २ थान ठूला र २ थान साना डुङ्गा समेत खरिद तालमा डुंगा संचालन गरिएको बताउदै वडा अध्यक्ष रानाले अव गैडहवा पोखराको फेवाताल भन्दा कम नहुने बताउनु भएको छ ।

गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटको प्रमुख आतिथ्यता,महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक तथा ८ नं. वडा अध्यक्ष भुवन रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उपसमितिका उप संयोजक लुम्बिनी बिकास मञ्चका अध्यक्ष संदिप गुप्ताले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रथम गैडहवाताल महोत्सव प्रचार प्रसार उपसमितीका सदस्य तथा प्रेस कोर्डिनेटर जगिलाल थापाले संचाल गर्नु भएको थियो ।पत्रकार सम्मेलन पछि गाउपालिका अध्यक्ष बच्चु केवटले डुंगाको उद्धघाटन गरी संचार कर्मीहरुलाई गैडहवा तालमा डुंगा मार्फत तालको भ्रमण गराइएको थियो ।

≪ Previous Post

बुद्धनगर एग्रो फार्ममा २२ करोड लगानी

Next Post ≫

तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क