Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समाजको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख यादव
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समाजको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख यादव

संसारपोस्ट संवाददाता · २८ माघ २०७६ · 0
समाजको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख यादव
70
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल, २८ माघ । भ्रष्टाचार बिरुद्वको सहकार्य, सुशासनका लागि अपरिहार्य, अख्तियार अनुसन्धान आयोगको नारा हो । पछिल्लो समय अख्तियार भ्रष्टाचार नियन्त्रण गरी समाजमा सुशासन कायम गर्ने अभियानमा यही नाराका साथ अगाडी बढेको छ ।
मंगलबार विविध कार्यक्रमका साथ अख्तियारले आफ्नो २९ औं स्थापना दिवस मनाएको छ । अख्तियार आयोगको बुटवल कार्यालयको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश पांचका प्रदेश प्रमुख धर्मनाथ यादवले घरघरबाट भ्रष्टाचारलाई नियन्त्रण गर्न विद्यालयबाट विद्यार्थीलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । प्रदेश प्रमुख यादवले समाजको बाधक भ्रष्टाचार रहेको बताउनुभयो । सुशासन र सम्वृद्विको लागि भ्रष्टाचार बाधक रहेको उल्लेख गर्दै उहांले भने भ्रष्टाचार नियन्त्रण नहुंदासम्म देशको सम्वृद्वि नहुने दावि गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्न सबै निकायको सहयोग चाहिने बताउंदै उहांले भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहयोग र राजनीतिक प्रतिवद्वता हुनुपर्नेमा जोड दिनुभयो । संविधानले निर्देशन गरे अनुसार भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न जवाफदेही भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
प्रदेश प्रमुख यादवले भ्रष्टाचार नियन्त्रण नभएसम्म देश सम्वृद्व नहुने बताउंदै भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सबैको भएपनि संवैधानिक निकाय अख्तियार भएकाले प्रमुख दायित्व अख्तियारको हो भन्नुभयो ।
पांच नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तोयनारायण ज्ञवालीले विधि र विवेकको प्रयोग गरेर भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहांले समाजमा भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व सक्रिय हुनुपर्ने बताउंदै कर्मचारीहरुलाई तोकिएको समयमा पारदर्शी र गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सबैको सझा दायित्व भएकाले आफ्नो दायित्वबाट कोही पनि पछाडी हट्न नहुने उहांको भनाइ छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रगति तथा नतिजा सकरात्मक रुपले बढेको उल्लेख गर्दै उहांले ऐन, नियमका बिरुद्व काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख तारानाथ अधिकारीले एकले अर्कोलाई दोष देखाउंदै भ्रष्टाचार नियन्त्रण गर्ने दायित्वबाट कोही पनि पन्छिन नहुने बताउनुभयो ।

≪ Previous Post

तिलोत्तमाका ७ वडा शुन्य पोलिथिन घोषित

Next Post ≫

काँग्रेसको स्वास्थ्य विभागले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क