Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा

संसारपोस्ट संवाददाता · २२ माघ २०७६ · 0
तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा
60
SHARES
ShareTweet

बुटवल, २२ माघ
मोफसलको चर्चित तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागुनमा हुने भएको छ ।
रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा संचालन हुने तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागनु ८ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फूटवलसंघले ‘क’ वर्गमा समावेश गरेको ‘२२ औं तिलोत्तमा गोल्ड कप नक आउट फूटवल प्रतियोगिताको जानकारी गराउन बुधवार एन्फा टेक्निकल सेन्टर बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
मोफसलको ठूलो धनरासीको उक्त प्रतियोगितामा ए डिभिजनका अधिकतम १४ टिम सहभागि हुने रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष तथा अखिल नेपाल फूटवल संघका केन्द्रीय सदस्य दीर्घबहादुर केसी (कुमार)ले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगितामा विजेतालाई १० लाख ५१ हजार रुपैंया र उपविजेतालाई ७ लाख ५० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तैगरी सर्बोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई जनही ३० हजार रुपैंया पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले जानकारी गराउनु भयो । २१ औं तिलोत्तमा गोल्ड कपको उपाधि डावफिन्स क्यामरुनले हात पारेको थियो ।

≪ Previous Post

तिलोत्तमा उद्योग बाणिज्य संघको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला समापन

Next Post ≫

प्रदेश सरकारले सम्झौता तोडेर अस्पतालका ७३ सटरमा डोजर चलायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क