Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश सरकारले सम्झौता तोडेर अस्पतालका ७३ सटरमा डोजर चलायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सरकारले सम्झौता तोडेर अस्पतालका ७३ सटरमा डोजर चलायो

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0
प्रदेश सरकारले सम्झौता तोडेर अस्पतालका ७३ सटरमा डोजर चलायो
90
SHARES
ShareTweet



बुटवल २३ माघ
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटरमा पाँच बर्षको सम्झौता तीन महिनामै तोडेर डोजर लगाईएको छ ।
अस्पताल प्रशासनले सम्झौता तोडेर सटर खाली गराउनकालागि गत सोमबार साँझ ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
अस्पताल प्रशासनले दिएको अल्टिमेटमको समयावधि भित्र व्यबसायीले सटर खाली नगरेपछि प्रशासनले प्रहरी लगाएर विहिवार बिहानै डोजर चलाएको हो ।
अस्पताल प्रशासनले २८ फागुन २०७५ मा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए ।
प्रदेश पाँच मन्त्रीपरिषदको बैठकले गत कात्तिक १८ गते अस्पतालका सटरहरु मंसिर मसान्तसम्म हटाउन र नहाटाए डोजर लगाएर हटाउने निर्णय गरेको थियो । पाँँच वर्षकालागि गरेको सम्झौता तीन महिनामै तोडेर सटर खाली गर्न भनेपछि व्यबसायीले न्याय माग्दै अदालत पुगेका थिए ।
तर जिल्ला अदालतले व्यबसायीको विपक्षमा फैसला गर्यो । पुनः व्यबसायी सोही मुद्धा लिएर सर्बोच्च अदालत पुगेका थिए ।
अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ ।
मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको छ ।
बुधवार मात्र नियुतिm हुनु भएका अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भटृराईले पदबहाली गरेको २४ घण्टा पनि वित्न नपाउदै अस्पतालका सटर मा डोजर लगाएर बुटवल वासीको मन खिन्न बनाउने काम गर्नु भएको पीडित व्यवसायीले बताएका छन ।

≪ Previous Post

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा

Next Post ≫

फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क