बुटवल २३ माघ
बुटवलमा आउदो फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता संचालन हुने भएको छ ।
रुपन्देही लन टेनिस संघको आयोजनामा फागुनको ५ देखि ९ गतेसम्ममा तेस्रो संकरण हुने विहिवार बुटवलमा पत्रकार सममेलन गरि जानकारी गराईएको हो ।
विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा १ सय बढी खेलाडीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष संजय श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा पुरुष एकल , महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी ,४५ वर्ष माथी र ५५ वर्ष माथीका प्रतियोगितामा प्तिस्पर्धा गराईने संघका सचिव गोपाल ज्ञवालीले बताउनु भयो । त्यसैगरि डवल तर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथीका बीच प्रतिष्पर्धा गराईने भएको छ । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ ।
त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ । त्यैसगरि पुरुष डवल तर्फ प्रथम हुनेले २० हजार ३५ वर्ष र ४५ वर्ष माथीकाको प्रथमले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएका छन । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेका छन ।