Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भोली देखि लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोली देखि लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव हुने

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0
भोली देखि लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव हुने
80
SHARES
ShareTweet

बुटवल २३ माघ
लुम्बिनीमा तीन दिने अन्र्तराष्टिय बौद्ध कला, संस्कृति र साहित्व महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो ।
शुक्रवारदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययन सम्बन्धी साहित्यको बिबिध विषयमा गोष्ठी हुदैछ । बौद्ध कला, संस्कृति र साहित्वको महोत्सव नेपालमै पहिलो पटक आयोजना भएको हो ।
महोत्सवकै अवधिमा मोलाम पुजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिनु भयो । महोत्सवको पहिलो दिन माघ २४ गते विहान लुम्बिनीमा शान्ति दौड हुदैछ । दौडमा करिव ५ सय जनाको सहभागिता रहने भएको छ ।
शुक्रबार विहान ११ बजे महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषको सभाहलमा हुने विश्वविद्यालयले जनाएको छ ।
शुक्रबारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाविहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्ध धर्म, संस्कृति सम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ । विहान ११ बजेदेखि नै साँझसम्म बौद्ध सांस्कृतिक कार्यक्रम तय गरिएको छ । सभाहलमा हुने सो कार्यक्रममा बौद्ध धर्म र संस्कृति झल्किने नृत्यहरु गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रास लगायतका कार्यक्रम हुनेछन् ।
माघ २५ गते मोलाम पुजा र योगासहित बिबिध बौद्ध विषयहरुमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ । पूर्व मन्त्री मोदनाथ प्रश्रित, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राजदूत खगनाथ अधिकारी, टंक कार्की, विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, डा. कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, बसन्त विडारी, प्राज्ञ गोपिरमण उपाध्याय सहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा. डा. वेदप्रसाद गिरीले जानकारी दिनु भयो ।

≪ Previous Post

फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुने

Next Post ≫

अपराधका घटनामा ७० प्रतिशत बढी लागुऔषध प्रयोग कर्ता : प्रहरी महानिरिक्ष खनाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क