Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग बाणिज्य संघको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला समापन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा उद्योग बाणिज्य संघको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला समापन

संसारपोस्ट संवाददाता · २२ माघ २०७६ · 0
तिलोत्तमा उद्योग बाणिज्य संघको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला समापन
100
SHARES
ShareTweet


नीजि क्षेत्रको सहकार्य बिना सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने

बुटवल, २२ माघ


रुपन्देहीको मणिग्राममा आयोजना गरिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला ३ लाख ५० हजार दर्शकले अवलोकन गरि सकिएको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा १३ करोड ५० लाख रुपैंया बढीको कारोवार भएको संघका कोषाध्यक्ष सुरज पंगेनीले जानकारी दिनुभयो । १३ दिनसम्म सञ्चालन गरिएको मेलामा ३ सय स्टल राखिएका थिए ।
मेलाको समापन समारोहमा बोल्ने वक्ताहरुले नीजि क्षेत्रको सहकार्य बिना सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताएका थिए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले मेला महोत्सव सञ्चालन गर्नएकालागि अर्को वर्षसम्म जग्गा व्यबस्थापन गर्ने आश्वासन दिनुभयो । उहाँले तिलोत्तमा नगरपालिका भित्र अव कुनै पनि ठाउँ नजिक र टाढा नभएको बताउँदै जुनसकै स्थानमा पनि हुनसक्ने मनसाय सहित जग्गा अध्ययन गर्नकालागि तयार हुन व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरुलाई आग्रह गर्नुभयो ।
नीजि क्षेत्रलाई उत्साहित बनाएर लगानीमैत्री वातावरण बनाउन स्थानीय सरकार तयार रहेको जानकारी गराउँदै मेयर घिमिरेले नगरपालिका भित्र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनले नीजि क्षेत्रको आकर्षण बढेको बताउँदै वडा नं. १० मा लघु तथा साना उद्योगलाई लक्षित गरेर औद्योगिक ग्रामको डिपिआर तयारी हुँदै गरेको जानकारी गराउनु भयो । उहाँले तिलोत्तमा नगर क्षेत्रमा सुर्तिजन्य पदार्थको सेवन गरी त्यसका खोल जथाभावि फाल्नेलाई कारवाही गर्ने गरी निगरानी सुरु गरिएको समेत जानकारी गराउनु भएको थियो ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले स्थायी सरकारको निर्माणसंगै लगानीमैत्री वातावरण बन्ने अपेक्षा नीजि क्षेत्रले गरेपनि सरकार आएको २ वर्ष भईसक्दासम्म पनि वातावरण बन्न नसकेको उल्लेख गर्नुभयो । नीजि क्षेत्रको सहभागिता बिना कुनैपनि सरकारले लिएका लक्ष्य हासिल गर्न नसक्ने उल्लेख गर्दै उहाँले नीजि क्षेत्रको सहकार्यका लागि तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक गुणनिधी भण्डारी (माधव)ले औद्योगिक व्यापार मेला संगै आगामी दिनमा उपभोक्ताको हितलाई मध्येनगर गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्ने, तिलोत्तमा नगर क्षेत्रमा २५ विगाहा जग्गा लिजमा लिएर अर्गानिक खेति गर्ने लक्ष्य लिएको बताउनु भयो । उहाँले तिलोत्तमा नगरपालिकासंग सहकार्य गरेर स्थायी मेला स्थलकालागि उद्योग बाणिज्य संघले नेतृत्व गरेर जग्गाको खोजी गर्न पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपाने, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, शंकरनगर आनन्दबन खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष केशव न्यौपाने, वडा नं. १० का अध्यक्ष व्यासमुनी चौधरी, संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासविच कमल कंडेल लगायतले भनाई राख्नुभएको थियो ।
मेलामा सहभागि स्टलमध्येबाट उद्योग तर्फ एजी हेल्थ ईण्डष्ट्रिज प्राली तिलोत्तमा प्रथम, यशोदा फूड प्रालि द्वितीय, ड्रिमवेयर ईण्डष्ट्रिज प्रालि बुटवल तृतीय र युनिक सेनेटरी प्याड तिलोत्तमालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी कृषि तर्फ मण्डल मत्स्य ह्याचरी फर्म तिलोत्तमा प्रथम, गुप्ता नर्सरी शंकरनगर द्वितीय, सियारी मौरी पालक कृषक समुह तृतीय र फर्साटिक केरा व्यबसायीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
मेलामा होटल तर्फ मटका कफि एण्ड फास्टफूड प्रथम, व्लाक स्टोन रेष्टुरेन्ट द्वितीय, स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट तृतीय र पिआर रेष्टुरेन्ट सान्त्वना भएभने व्यापार तर्फ कनौजे फर्निचर एण्ड फर्निसिंङ् प्रथम, आरके ट्रेडर्स काठमाण्डौ द्वितीय, न्यू रक्षा एण्ड सपना स्टोर्स तृतीय र सुनिल कपडा स्टोरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको मेला मुल्यांकन समितिका संयोजक चन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।

भलिवलको उपाधि नेपथ्यलाई

मेलामा सञ्चालन गरिएको फूटवल प्रतियोगितामा नेपथ्य कलेज शंकरनगर विजयी भएको छ । नेपथ्यले बुधबार भएको फाईनल खेलमा राममणि बुहुमुखी क्याम्पससंग प्रतिस्र्धा गरेको थियो । जानकीनगर क्लवको व्यबस्थापनमा भएको प्रतियोगितामा जितसंगै विजेता नेपथ्यलाई ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता राममणी क्याम्पसलाई १५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको खेलको संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।

तिलोत्तमा डान्स आईडलको उपाधि अस्मितालाई


त्यस्तैगरी मेलामा सञ्चालन गरिएको न्यू होल्याण्ड तिलोत्तमा डान्स आईडलको उपाधि तिलोत्तमा ४ रुपन्देहीकी अस्मिता अर्यालले हात पारेकी छन् । २१ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको ग्राण्ड फिनालेमा सर्बोत्कृष्ट प्रदर्शन सहित अस्मिताले उपाधि हात पारेकी हुन् । उपाधिसंगै उनले ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात पारेकी छन् भने तिलोत्तमा ४ की ट्वीङ्क श्रेष्ठ द्वितीय, तिलोत्तमा ९ की स्नेहा सेवा तृतीय भए । उनीहरुलाई क्रमश १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तिलोत्तमा ९ की सिमरन सुनार सान्त्वना भएकी छन् ।

≪ Previous Post

गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी

Next Post ≫

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क