Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी

संसारपोस्ट संवाददाता · २२ माघ २०७६ · 0
गुणस्तर सुधारकालागि गुणस्तर सुनिश्चितता प्रमाणपत्र जरुरी
60
SHARES
ShareTweet

बुटवल, २२ माघ
विश्वबिद्यालय अनुदान आयोगले क्याम्पसहरुको गुणस्तर सुधारकालागिगुणस्तर सुनिश्चितता प्रमाणपत्र सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठि सञ्चालन गरेको छ । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र विश्व बिद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको तीन दिने कार्यशाला गोष्ठिमा प्रदेशका ३२ क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा प्राध्यापक गरि करिव १५० जना सहभागिता रहेको थियो ।
कार्यशाला गोष्ठिको उद्घाटन गर्दै लुम्बिनी बौद्ध विश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न सक्ने भने विश्व बजारमा शिक्षामा एकरुपता कायम हुने भएकाले क्यू.ए.ए (गुणस्तर सुनिश्चितता प्रमाणपत्र)को अवधारणा ल्याईएको जानकारी गराउनु भयो ।
उच्च शिक्षा लिएका बिद्यार्थीले कुनैपनि कुराहरुको फरक छुट्याउन सक्ने, त्यसको विश्लेषण गर्न सक्ने र नयाँ उत्पादन(क्रियशन) गर्न सक्ने हुनुपर्ने भन्दै त्यस्ता बिद्यार्थी उत्पादन गर्ने क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रदान गरिने जानकारी गराउनु भयो । सन् २००७ मा क्युएएको अवधारणा सुरु गर्दा विश्वबिद्यालय अनुदान आयोगको नेतृत्व गर्नुभएका बज्राचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि अवलम्बन गरिएका मापदण्डमा कुनै पनि कम्प्रमाईज (सम्झौता) हुन नहुने पनि औंल्याउनु भयो ।
त्यस्तैगरी प्रदेश पाँच प्रदेश सभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले पनि क्याम्पसहरुको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको बताउँदै सामुदायिक क्याम्पसमा ११ र १२ कक्षा सञ्चालन गर्न समस्या भएकोले त्यसतर्फपनि विश्वबिद्यालय अनुदान आयोगको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले प्रदेशको संरचना निर्माणसंगै कानुन बनाउने चरणमै रहेकाले शैक्षिक गुणस्तर सुधारका काममा मन्त्रालयले अझै प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै सम्भव भएसम्म क्याम्पसहरुलाई पूर्वाधार निर्माणकालागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराउनु भयो । उहाँले प्रदेश सरकारले प्रदेशमा आफ्नै विश्वबिद्यालय स्थापनाकालागि ऐन तथा कानुन निर्माणको तयारीमा रहेको समेत जानकारी गराउनु भयो । उहाँले अनुसन्धानमा आधारित अध्ययन प्रणालीलाई प्रोत्साहन गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी समेत गराउनु भयो ।
नेपालमा ११ वटा विश्वबिद्यालय तथा ६ वटा स्वास्थ्य बिज्ञान प्रतिष्ठान रहेका छन् । त्यसको मातहतमा रहनेगरी १ हजार ४२५ क्याम्पस सञ्चालनमा छन् भने विश्वबिद्यालय अनुदान आयोगले ३४८ क्याम्पसको आशयपत्र स्वीकृत गरेको आयोगका कार्यक्रम अधिकृत गोपाल आचार्यले जानकारी गराउनु भयो । उहाँका अनुसार हालसम्म विश्वबिद्यालय अनुदान आयोगले ४३ क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यु.ए.ए) प्रदान गरेको छ भने थप ५ क्याम्पस प्रमाणपत्र प्राप्त गर्ने चरणको नजिक रहेका छन् ।
प्रदेश पाँचमा ७ वटा क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गरेका छन् भने ४३ वटा प्रकृयामा रहेको प्रतिष्ठानले जनाएको छ । जसमा बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, रुपन्देही क्याम्पस भैरहवा, राममणी क्याम्पस मणिग्राम, महाकबि देवकोटा क्याम्पस सुनवल, दिव्यज्योति बहुमुखी क्याम्पस र गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्सले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेका छन् ।
सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिका अध्यक्ष हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सोही क्याम्पसका प्रमुख विष्णुप्रसाद रानाले स्वागत गर्दै शैक्षिक वातावरण सुधार गर्दै गुणस्तरीय शिक्षाकालागि क्यु.ए.ए. राम्रो अवधारणा भएको बताउनु भयो ।

≪ Previous Post

मेलाको समापन बुधवार

Next Post ≫

तिलोत्तमा उद्योग बाणिज्य संघको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला समापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क