मणिग्राम, २१ माघ
रुपन्देहीको मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०७६ को बुधवार समापन हुने भएको छ ।
यही माघ १० गते देखि शुरु भएको मेलाको बुधवार अपरान्ह एक कार्यक्रमका बीच समापन गरिने मेला आयोजक संस्था ‘तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी माधवले बताउनु भयो ।
तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा मंगलवारसम्ममा १३ करोड बढीको कारोवार भएको कोषाध्यक्ष सुरज पंगेनीले बताउनु भयो ।
समापनका दिन बुधवार दिउसो ३ बजेखदेखि मेला प्रवेश निःशुल्क गरिएको छ । १२ औंैं दिनसम्म साढे ३ लाख दर्शकले मेलाको अवलेकन गरेको संघका महासचिव कमल प्रसाद कंडेलले बताउनु भयो ।
चर्चित गायक पशुपति शर्मा, आरती रुचाल, शिव खनाल लगायको प्रस्तुतिले मेलामा सहभागी दर्शकलाइ मनोरन्जन प्रदान गर्नु भएको सांस्कृतिक कार्र्यक्रम संयोजक धनबहादुर गुरुङले बताउनु भयो । त्यसैगरि समापनका दिन बुधवार नै फूटवल प्रतियोगिताको फाईनलमा नेपथ्य कलेज र राममणि बहुमुखी क्याम्पसका बीच भिडत हुने छ ।मेलाको समापन समारोहमा तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे प्रमुख अतिथीका रुपमा आउनु हुने आयोजकले जनाएका छन ।