Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आश्रमको महायज्ञमा दोस्रो दिनमै ४२ लाख संकलन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आश्रमको महायज्ञमा दोस्रो दिनमै ४२ लाख संकलन

संसारपोस्ट संवाददाता · २१ माघ २०७६ · 0
आश्रमको महायज्ञमा दोस्रो दिनमै ४२ लाख संकलन
70
SHARES
ShareTweet

बुटवल, २१ माघ
मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि बुटवलमा सञ्चालित महायज्ञमा दोस्रो दिन ४२ लाख रुपैयां दान संकलन भएको छ । महायज्ञमा एकदर्जन बढी व्यक्तिबाट गरी ४२ लाख रुपैयां संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिनु भयो । ‘दोस्रो दिनमै उत्साहजनक रुपमा दान संकलन र जनसहभागिता भयो’–संयोजक भूसालले भन्नु भयो‘मानवीय सेवाका लागि परोपकारी भावनाले आयोजित महायज्ञ भएकाले सबै क्षेत्रबाट सहयोग आउने प्रतिक्रिया पाएका छौं ।’ महायज्ञबाट ११ करोड रुपैयां संकलन गर्ने लक्ष्य रहेको छ । प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्ने उद्देश्यले आयोजित महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महासचिव माधव नेपालले बताउनु भयो ।
महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गर्नु भएको छ् भने कलाकारहरुले विभिन्न धार्मिक झांकी, गीत,नृत्य र नाटक प्रस्तुत गरेका छन् । दोस्रो दिन दानवीर सहित एक हजार बढी सर्वसाधारणको महायज्ञमा उपस्थिति रहेको मूल समितिका सचिव गुनाराम घिमिरेले बताउनु भयो । संगंीतमय भजनमा नाच्न र रमाउन उत्साहजनक जनसहभागिता हुने गरेको घिमिरेले बताए । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले प्रदेश ५ सहित नेपाललाई नै सडक मानवमुक्त बनाउने महान अभियानमा रहेको र त्यसमा पांच नंं प्रदेश पहिलो हुने बताउनु भयो ।
बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा मानव सेवा आश्रमका सद्भावना दुत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य), हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुने महायज्ञ मूल समितिका सचिव कृष्ण पंगेनीले बताउनु भयो ।

≪ Previous Post

प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल

Next Post ≫

मेलाको समापन बुधवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क