Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २१ माघ २०७६ · 0
प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल
100
SHARES
ShareTweet

बुटवल २१ माघ
प्रदेश पाँचको प्रदेश सभाको स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश सभा सचिवालय परिषरमा बिशेष समारोह मनाईएको हो ।
मुल समारोहमा बोल्ने वक्ता सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामाकरणको काम चाडो टुगाउन सरकारसंग माग गर्नु भएको थियो ।
उनीहरुले संविधान कार्यान्वयनमा ढिलाई हुँदा जनताले परिवर्तनको कुनै महसुस गर्न नसकेको बताएका थिए । त्यस्तै प्रदेश सभाले बिधेयक बनाउने काममा अरु प्रदेश भन्दा अंगाडी भएपनि बनेका बिधेयक समेत ऐन नियमको अभावमा कार्यान्वयन हुन नसक्दा जनताले सोध्ने प्रश्नको जवाफ दिन नसकिएको बताएका थिए ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा स्थापना भएको दुई वर्षको अवधिमा कानुन (बिधेयक) निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु भयो । उहाँले प्रदेश सभा सदस्यहरुलाई बिशेष समय र शुन्य समयका बारेमा अझैपनि बुझाउन नसकिएको भन्दै सबै समयलाई बिशेष समयको रुपमा नबुझ्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख बिपक्षि दल नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बिकासका काममा विपक्षि दल नेपाली काँग्रेस सरकारसंगै रहेको बताउँदै बिकासलाई गति दिनकालागि प्रदेशको स्थायी राजधानी र नामाकरणको काम चाडो गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले कानुन निर्माणलाई महत्वपूर्ण रुपमा लिएपनि ती कानुनको ऐन तथा कार्यबिधि नबन्दा कार्यान्वयन हुन नसकेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै संघीय समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले पनि संविधान कार्यान्वयनमा जोड दिँदै बनेका कानुको ऐन तथा कार्यबिधि निर्माणलाई जोड दिनुभयो । उहाँले तत्काल प्रदेशको स्थायी राजधानी र नामाकरणकालागि सरकारसंग आग्रह गर्नुभयो । प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख कृष्णी थारुले प्रदेश सभा स्थापना भएको दुई वर्षको अवधिमा चौंथो अधिवेशन सम्पन्न हुँदासम्म ४८ कानुन निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।
प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश स्थापनाकालदेखि प्रदेश सभा सचिवमा काम गरेका पूर्व सचिवहरु सुरेश अर्याल, डा. मानबहादुर बिके र प्रेमप्रसाद भट्टराई, प्रदेश सचिवालयका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तैगरी प्रदेश सभा स्थापना दिवसको अवसरमा आयोजना गरिएका मैत्रीपूर्ण प्रतियोगिताका सहभागिहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रदेश सभा सचिवालयले प्रदेश स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम गर्नुका साथै प्रदेश मन्त्रि परिषद र प्रदेश सभा सचिवालय बिचमा मैत्रीपूर्ण फूटवल, प्रदेश सभाका महिला सांसद र प्रदेश सभाका महिला कर्मचारी बिचमा कुर्ची दौड प्रतियोगिता गरिेएको थियो ।

≪ Previous Post

मेची काली खबरदारी अभियान बुटवलमा

Next Post ≫

आश्रमको महायज्ञमा दोस्रो दिनमै ४२ लाख संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क