Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मेची काली खबरदारी अभियान बुटवलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेची काली खबरदारी अभियान बुटवलमा

संसारपोस्ट संवाददाता · २१ माघ २०७६ · 0
मेची काली खबरदारी अभियान बुटवलमा
50
SHARES
ShareTweet

बुटवल २१ माघ
अलिख नेपाल युवक संघले भ्रष्टाचार बिरुद्वको मेची– महाकाली खबरदारी अभियान चलाएको छ । मुलुकमा बढेको भ्रष्टाचारको अन्त्य र नागरिकता विद्येयक खारेजीको लागि युवक संघले मेची– महाकाली अभियान चलाएको हो ।
महाकालीबाट शुरु भएको अभियानको टोली मंगलबार रुपन्देही आएको छ । राष्ट्रिय जनमोर्चा निकट युवक संघको टोलीले रुपन्देहीको हरैया, सालझण्डी, बुटवलको बेलवास, ट्राफिकचोक र राजमार्गमा सभा गरेको छ । सभामा बोल्ने अखिल नेपा युवक संघका नेताहरुले नयां संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशी जस्ता केही उपलब्धीहरु प्राप्त गरिएपनि संस्थागत हुन नसकेकोप्रति चिन्ता गरेका छन् ।
बुटवलमा आयोजित सभामा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले देशमा कम्युनिष्टको सरकार भएपनि भ्रष्टाचार संस्थागत रुपमा मौलाएको बताउनुभयो । सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाउंदै सरकारले ल्याएको नागरिकता विद्येयक खारेज नभए भोली नेपाली अल्पमतमा पर्ने बताउनुभयो ।
संघका महासचिव कृष्णराज पाण्डेले भ्रष्टाचार दिन प्रतिदिन बढ्दा र सीमा नेपाली भूमि अतिक्रमण हुंदा पनि ओली सरकार बोल्न नसकेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद तारा जीसी, नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसी, रक्तिम कलाकार प्रतिभा पौडेल, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, गणेश गौतम लगायतले बोल्दै भ्रष्टाचार, संसदमा पेश भएको नागरिकता विद्येयक, संघीयता देशको लागि घातक भएको बताउनु भयो । गत माघ १५ गते महाकालीबाट सञ्चालन गरिएको अभियान आगामी २९ गते मेची पुगेर समापन गरिने छ ।

≪ Previous Post

तिलोत्तमा मेला एक दिन लम्बियो

Next Post ≫

प्रदेश सभा स्थापना दिवस :कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क