Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेला एक दिन लम्बियो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेला एक दिन लम्बियो

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0
तिलोत्तमा मेला एक दिन लम्बियो
50
SHARES
ShareTweet

बुटवल, २० माघ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलाको अवधि एक दिन थप भएको छ । सोमबार मेला सचिवालयमा बसेको आयोजक संस्थाको कार्यसमितिको वैठकले मेला अवधि एक दिन थप्ने निर्णय गरेको हो । माघ २१ गते समापन हुने भनिएको मेला स्टल धनीहरुको आग्रहमा एक दिन थप गरी २२ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएका छन् । समापनका दिन २२ गते दिउसो ३ बजेखदेखि मेला प्रवेश निःशुल्क गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले बताउनु भयो । एघारौं दिनसम्म तीन लाख दर्शकले मेलाको अवलेकन गरेका र १२ करोड रुपैयां भन्दा बढीको कारोबार भएको कोषाध्यक्ष सुरज पंगेनीले जानकारी दिनु भयो । मेला सकिन लाग्दा किनमेल र मनोरन्जनका लागि दर्शकको भीड बढ्दै गएको संघका महासचिव कमल प्रसाद कंडेलले बताउनु भयो । सोमबार रामजी खांण,सिर्जु अधिकारी र दुर्गेश थापाको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । सोमबार नै विभिन्न दलका नेताहरु, उद्योगी व्यवसायिका संघसंस्थाका प्रतिनिधिहरुले मेला अवलोकन गरेका थिए । मंगलबार तिलोत्तमा डान्स आइडलको फाइनल प्रतिस्पर्धा हुने छ भने सांस्कृतिक कार्यक्रमतर्फ चर्चित गायक पशुपति शर्मा, आरती रुचाल, शिव खनाल लगायको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताउनु भयो ।

≪ Previous Post

बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्व: मन्त्री बराल

Next Post ≫

मेची काली खबरदारी अभियान बुटवलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क