Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्व: मन्त्री बराल
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्व: मन्त्री बराल

संसारपोस्ट संवाददाता · २० माघ २०७६ · 0
बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने महायज्ञलाई सफल बनाउनु सबैको दायित्व: मन्त्री बराल
120
SHARES
ShareTweet

बुटवल, २० माघ
मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि गर्न लागिएको ज्ञान विज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गदै बेसहारा सडक मानवलाई व्यवस्थापन गर्ने उद्देश्यले आयोजित महायज्ञलाई सफल बनाउनु सबैको दायित्व भएको बताउनु भयो ।
महायज्ञले प्रदेश सरकारले प्रदेश ५ लाई सडक मानवमुक्त प्रदेश बनाउन लिएको लक्ष्य पुरा गर्न सहयोग पु¥याउने भएकाले रुपन्देहीवासी मात्र नभई प्रदेशबासी सबैले सक्दो दान गरेर महायज्ञ सफल बनाउन मन्त्री बरालले आग्रह गर्नु भयो ।
रुपन्देही र प्रदेश ५ मा दानवीरहरुको कमी नभएको औंल्याउंदै मन्त्री बरालले बेसाहारा र अशक्तलाई राखेर पालनपोषण गर्ने पवित्र उद्देश्यले आयोजित महायज्ञमा फराकिलो छाती बनाएर पुण्य आर्जन गर्न आग्रह गर्नु भयो । मन्त्री बरालले बुटवल र नेपालगंञ्ज सडक मानव मुक्त भैसकेकाले अन्य सबै पालिकाहरुलाई पनि सडक मानव मुक्त बनाउन सबैको साथ चाहिने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मानव सेवा आश्रमले राज्यले गर्नुपर्ने काम गरेको र यसमा बुटवल उपमहानगरले साथ दिएको भन्दै महायज्ञ सफल बनाउन पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले मानव सेवा जस्तो पुण्य कर्म अरु नभएको भन्दै मानव सेवा आश्रमको महायज्ञमा उपस्थित हुन आग्रह गर्नु भयो । महायज्ञ आयोजक मूल समितिका संयोजक लोकनाथ भुसालले मानव सेवा आश्रमको चार तले भवन बनाउन ११ करोड रुपैयां लागत अनुमान गरिएको र आर्थिक स्रोत नभएकाले महायज्ञ आयोजना गरिएको बताउंदै सबैको सहयोगको रहने व्रिवास व्यक्त गर्नु भयोे । भवनमा दुई सय जना बेसहारा व्यक्तिलाई राख्ने गरी भवनको डिजाइन गरिएको उनले बताउनु भयो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमले प्रदेश ५ मा एक सय ३० जनासहित देशभरका ११ सय जना बेसहारा सडक मानवलाई आश्रय दिइरहेको बताउंदै उनीहरुको दीगो व्यवस्थापनका लागि भवन बनाउन महायज्ञ गर्नुपरेको बताउनु भयो ।
यहायज्ञ शुरु हुनु अघि महायज्ञस्थलबाट दर्जनौं संघसंस्थाको सहभागितामा शोभा कलश यात्रा (मानवता प्रवद्र्धन यात्रा) निकालिएको थियो ।

≪ Previous Post

मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने,

Next Post ≫

तिलोत्तमा मेला एक दिन लम्बियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क