Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मानव सेवा आश्रमः ११ सय सडक बेसहारा, सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्न मासिक सवा १ करोड खर्च
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव सेवा आश्रमः ११ सय सडक बेसहारा, सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्न मासिक सवा १ करोड खर्च

संसारपोस्ट संवाददाता · १९ माघ २०७६ · 0
मानव सेवा आश्रमः ११ सय सडक बेसहारा, सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्न मासिक सवा १ करोड खर्च
160
SHARES
ShareTweet

बुटवल १९ माघ
सडकबेसहारा,सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्ने गरि स्थापित मानव सेवा आश्रममा १ हजार १ सय जनाले आश्रमको विभिन्न केन्दवाट संरक्षण प्राप्त गरेका छन । मुलुकका १४ जिल्लाका १९ वटा केन्दमा राखिएका बेसहारा, अभिभावक विहिन, सडक आश्रित मानवलाई व्यस्थापन गर्न मासिक सवा १ करोड रुपैयाँ खर्च हुने गरेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनु भयो ।
त्यस मध्ये सरकारका विभिन्न निकायवाट १० प्रतिशत र वाँकी दानविरहरुवाट संकलित रकमवाट व्यवस्थापन गरिएको बताईएको छ ।
आश्रमले विसं २०८२ साल भित्र मुलुकका सातै प्रदेशलाई बेसहारा, अभिभावक विहिन ,सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्टृ निर्माण वनाउने गरि काम गरि रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
सोही अभियान अन्तर्गत बुटवलमा प्रेदेश ५ को मानव मुक्त बेसहारा भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सोमवार देखि शुरु हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ २०७६का वारेमा जानकारी गराउन आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले महायज्ञको सवै तयारी पुरा भएको बताउनु भयो ।
बुटवको महायज्ञमा ११ करोड संकलन गर्ने र बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा ४ तले भवन निर्माण गर्ने पत्रकार सम्मेलनमा महायज्ञ मुल समारोहका संयोजक लोकनाथ भुसालले बताउनु भयो ।
यही माघ २७ गतेसम्म बुटवलको सुख्खानगरमा हुने महायज्ञमा स्थानीयको उत्साहजनक सहभागिता गराउन बुटवलका घरघरमा करिब ३० हजार निमन्त्रणा पत्र बांडिएको मूल आयोजक समितिका महासचिव माधव नेपालले बताउनु भयो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित,गुरुहरूको सामूहिक उपस्थिति,राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरु समावेश गरिएको सचिव गुनाराम घिमिरेले बताउनु भयो ।
प्रदेश ५ का मुख्य, मन्त्री मन्त्रीहरु ,रुपन्देहीका चार वटा नगरपालिकाले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ् ।
भवन बनाउन बुटवल उपमहानगरपालिकाको वडा नंं. ७ हिलपार्क परिसरमा चारकठ््ठा जग्गा व्यवस्थापन भइसकेको छ । दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी कम्तीमा ५० कोठासहितको सुविधासम्पन्न चारतले भवन बनाउने आश्रमको योजना छ ।
हेटौडामा मुख्य कार्यालय रहेको आश्रमको ७ करोडको लागतमा २ सय जना अटाउने भवन तयार भएको र आउदौ फागुन ४ गते गृह प्रवेश गर्ने तयारी भैरहेको पनि अध्यक्ष अधिकारीले बताउनु भयो ।
उहाँले चितवनमा दाताले ८ कठृा जग्गा, गोर्खा नगरपालिकाले ९रोपनी जग्गा, विरगंजनगरपालिकाले ९ कठृा जग्गा, काठमाण्डौ महानगरपालिकाले ६ करोड रुपैयाँ विनियोजन गरेको र सुर्खेतमा कर्णाली प्रदेश जग्गाको व्यवस्थापन गरिसकेकाले आउदो २ वर्ष आश्रमको भौतिक संरचना निर्माणको वर्षका रुपमा रहेको पनि बताउनु भयो । बुटवलको आश्रम कार्यालयमा हाल १ सय ३० जनाले संरक्षण लिएकोमा ६० प्रतिशत मनोरोगि, २०प्रतिशत जना शारिरीक अपागंता भएका रहेका छन ।

≪ Previous Post

पशु, बाख्रा, मासु र दुधमा आत्मनिर्भर बनाउन तालिम

Next Post ≫

पैचोसंग कारोबार गर्दा कमललाई मोटरसाईकल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क