Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेलामा अर्गानिक तरकारी खेतीबारे गोष्ठी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेलामा अर्गानिक तरकारी खेतीबारे गोष्ठी

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0
तिलोत्तमा मेलामा अर्गानिक तरकारी खेतीबारे गोष्ठी
60
SHARES
ShareTweet


तिलोत्तमा, १८ माघ । अर्गानिक तरकारी खेतीलाई विशेष प्राथमिकता दिएर बढ्दै गएको तरकारी आयातलाई न्युनीकरण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उन्नत जातको खेतीले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्ने भएकाले अर्गानिक तरकारी खेती गर्नु पर्ने र आयातलाई न्युनीकरण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवका सन्दर्भमा शनिबार मेला सचिवालयमा आयोजित “तिलोत्तमामा अर्गानिक तरकारी खेतीका संभावना र चुनौती” विषयक गोष्ठीमा सहभागि सरोकारवालाहरुले विषदीरहित तरकारी उत्पादनमा जोड दिएका हुन् ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले उद्योग व्यवसायसँगै संघले कृषि र पर्यटनलाई पनि विशेष प्राथमिक्ता दिएर सोही अनुसारका कार्यक्रम अगाडी बढाएको वताउनु भयो । उहांले अर्गानिक खेतीलाई अगाडी बढाउन यस क्षेत्रका किसानहरुलाई प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गरेका तरकारीको वजारीकरणमा संघले सहयोग गर्ने नीति संघले लिएको बताउनु भयो । विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्दै नगरलाई अर्गानिक तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त संभावना रहेको उहांले बताउनु भयो ।
अहिले बजारमा दैनिक उपभोग्य तरकारीको माग स्वदेशी उत्पादनले नपुगेर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकोले आयात प्रतिस्थापनका लागि पनि अर्गानिक खेतीलाई अगाडी बढाउन आवश्यक रहेको उहांले बताउनु भयो ।
कृषि जेटिए अमृत श्रेष्ठले अर्गानिक खेतीलाई चाहिने कच्चा पदार्थ नेपालमै रहेकाले बाहिरबाट आयात गर्नु नपर्ने भन्दै माटोको सुरक्षा, जैविक मलको प्रयोग लगायतका कुरातर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । माटोमा काँचो मल प्रयोग नगर्न आग्रह गर्दै उहांले काँचो मलको प्रयोगले माटो र विरुवालाई विगार्नुका साथै उत्पादन लागत समेत बढ्ने हुंदा जैविक मलको प्रयोग गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रममाा प्राङ्गारिक कृषिः संभावना र चुनौती विषयक अवधारणा प्रस्तुत गर्दै पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक प्रकाश घिमिरेले ढुंगे युगदेखि नै कृषि खेती सुरु भएको भन्दै सामाजिक, आर्थिक, वातावरणीय पक्षका साथै खाद्य सुरक्षाको लागि पनि अर्गानिक उत्पादन जरुरी रहेको उल्लेख गर्नुभयो । स्थानीय र उन्नत जातको बीउ तथा वैकल्पिक उर्जाको प्रयोगमा जोड दिंदै उपप्रध्यापक घिमिरेले अर्गानिक कृषि खेतीलाई हेर्ने छुट्टै निकाय नभएको र प्रयोगशाला तथा प्रमाणीकरणको समेत चुनौती रहेको बताउनु भयो । कृषि, पशु र वन एक अर्काका परिपुरक भएकाले सदावहार र दीगो कृषिका लागि सबै मिलेर जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती गर्न सके यसले अर्गानिक उत्पादन बढाउन सकिने उपप्रध्यापक घिमिरेले बताउनु भयो ।
प्राङ्गारिक र अर्गानिक कृषिका लागि कृषक समूह निर्माण, कृषि सहकारी स्थापना, सामुहिक खेतीलाई प्रोत्साहन, माग अनुसारको कृषि वस्तु उत्पादन, बजार व्यवस्थापनसंगै स्थानीय र उन्नत जातको वीउको प्रयोगमा जोड दिनुपर्ने वताउनु भयो । अर्गानिक कृषि खेतीका लागि स्पष्ट ऐन, नीति र नियमका साथै यसलाई हेर्ने छुट्टै निकाय नहुनु चुनौतीका रुपमा पछिल्लो समय सरकारले अर्गानिक खेतीलाई प्रोत्साहन गरेकाले अर्गानिक खेती गर्न सहज भएको घिमिरेले वताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख डोमलाल भुसालले नगरपालिकाले तरकारी र मकै पकेट क्षेत्र घोषणा गरेर किसानलाई अर्गानिक खेतीतर्फ प्रोत्साहन गरेको र विषादीको बढ्दो प्रयोगलाई न्युनीकरण गर्ने नीति लिएको वताउनु भयो । उहांले नगरपालिका नगरभित्र कृषक समूह र पशुपालक समूह गठन गरेर उत्पादन बढाउनेतर्फ अग्रसर रहेको बताउदै तिलोत्तमा नगरलाई छिटै नै अर्गानिक तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने गरी अघि बढेको उल्लेख गर्नुभयो । प्राँगारिक खेती दीगो र रासायनिक खेती क्षणिक हुने भन्दै उहांले यसका लागि प्राँगारिक खेतीको उत्पादन वढाउन र रोग किरावाट वचाउन भान्साको फोहोर, निम, तिते पाती थुँगे फूल र यसको पातलाई मल र विषादीको रुपमा प्रयोग गर्न सकिने जानकारी गराउनु भयो ।
कार्यक्रममा राममणि क्याम्पसका प्राध्यापक बाबुराम भण्डारीले नगरपालिकाले बनाउन लागेको स्थानीय पाठ्यक्रममा अर्गानिक कृषि र सचेतनाका कुरालाई समेट्न आग्रह गर्नुभयो ।
तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार नवराज श्रेष्ठले विषादीयुक्त खानेकुराले रोगको संक्रमण बढेको भन्दै अर्गानिक खेती र यसको प्रयोगकालागि स्थानीय तहले जनचेतना अभिबृद्धिलगायतका कार्यक्रममा विशेष भूमिका खेल्नुपर्ने वताउनु भयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, गोष्ठी अन्तक्र्रिया उपसमितिका संयोजक एवं संघका उद्योग उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महासचिव कमल कंडेललगायतले पनि अर्गानिक खेतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै मेलामा सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सगै लोकगीत, नृत्य लगायतका प्रस्तुति भैरहेका छन् । शुक्रबार बाल कलाकार कमला घिमेरे संग रमाएका दर्शक शनिवार गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतिमा रमेका थिए । यस्तै तिलोत्तमा लोक ताराको लागि शनिवार उत्कृष्ट तीन जनाको अन्तिम प्रतिष्प्रधा भयो भने आईतवार लोक ताराको घोषणा गरिने छ । आईतबार दिउसो कलाकार प्रकाश सपुत, दुर्गा सापकोटा, प्रिया भण्डारी, विन्दा परियार र जादुगर वलराम सरकारको प्रस्तुति संगै तिलोत्तमा डान्स आईडलको फाईनल प्रतिप्रधा हुने छ । यस्तै सांझ गायक प्रमोद खरेल, डिजे आभान र दीपु मगरको प्रस्तुति संगै नाइट कन्सर्ट हुने सांस्कृतिक संयोजक धनवहादुर गुरुङ्गले जानकारी दिनुभयो । मेलामा दर्शकहरुको उत्साहजनक सहभागिताले आयोजकका साथै स्टल ब्यवसायीहरु पनि उत्साहित भएका छन् ।

≪ Previous Post

सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा

Next Post ≫

मेलामा जारी फूटवलमा एक्सिस र मेघा कलेज विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क