Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0
सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा
80
SHARES
ShareTweet

बुटवल १८ माघ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रजातान्त्रिक मुल्य र मान्यतालाई कमजोर बनाउने गरी काम गरिरहेको आरोप लगाउनु भयो ।
सभापति देउवाले सरकारले बिभिन्न बिधेयकहरु ल्याएर प्रजातान्त्रिक मुल्य र मान्यतालाई कमजोर बनाउने काम गरेको पनि बताउनु भयो ।
सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्नकालागि सूचना प्रविधि बिधेयक ल्याएको बताउँदै नेपाली काँग्रेस सधै त्यसको बिरुद्धमा रहने उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस प्रदेश पाँच संसदीय दलका नेता स्वर्गीय बलदेव शर्मा पोखरेलको निधनमा नेपाली काँग्रेस रुपन्देहीले उहाँको निवास तिलोत्तमा १४ टिकुलीगढमा आयोजना गरेको शोक सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले प्रेस स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस पार्टी मात्रै रहेको धारणा राख्नु भयो ।
प्रजातान्त्रिक आन्दोलनमा नेता पोखरेलले पु¥याएको योगदनाको चर्चा गर्दै सभापति देउवाले उहाँको निधनले सिंगो पार्टीमात्रै नभएर सिंगो मुलुकलाई नै क्षती पुगेको औंल्याउनु भयो । सभापति देउवाले स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको थियो ।
त्यस्तैगरी नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले मृत्यु सत्य रहेकाले मृत्युलाई पनि आत्मसाथ गरि उहाँले देखाएको बाटोमा अंगाडी बढ्न सकेमात्रै सच्चा श्रद्धाञ्जली हुने बिचार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले स्वर्गीय बलदेव शर्माले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानकै कारण उहाँको सम्मानमा प्रदेश सभामा संसदीय दलको नेता बनाईएको बताउनु भयो । स्वर्गीय शर्माले संविधानको प्रतिकुल हुनेगरी सरकारले लोकतान्त्रिक मुल्यमान्यतालाई कमजोर बनाउने काम गरेको र त्यसका बिरुद्ध ससक्त रुपमा पार्टी लाग्नुपर्ने भएकाले प्रदेश र संघमा पनि प्रतिपक्षको भूमिकालाई ससक्त बनाउन आफूसंग सल्लाह गर्ने गरेको नेता खाँणले स्मरण गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको शोक सभामा नेपाली काँग्रेसका नेता संघीय संसदको लेखा समितिका सभापति भरतकुमार शाह, संघीय सभा सदस्य प्रमोदकुमार यादव, प्रदेश सभा सदस्य विरेन्द्र कनौडिया, नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सभा सदस्य बिरबहादुर राना, गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा स्वर्गीय बलदेव शर्माका भाई ईश्वरचन्द्र पोखरेलले दाजुको जीवनीका बारेमा जानकारी गराउँदै बिद्यार्थी कालदेखि नै निरन्तर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका पोखरेलले जेलजिवन समेत बिताउनु भएको जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

मेयर उपमेयर सहित सयौ किसानले उठाए ३६ मौजाको फोहर

Next Post ≫

तिलोत्तमा मेलामा अर्गानिक तरकारी खेतीबारे गोष्ठी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क