Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेयर उपमेयर सहित सयौ किसानले उठाए ३६ मौजाको फोहर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेयर उपमेयर सहित सयौ किसानले उठाए ३६ मौजाको फोहर

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0
मेयर उपमेयर सहित सयौ किसानले उठाए ३६ मौजाको फोहर
90
SHARES
ShareTweet

बुटवल १८ माघ
तिलोत्तमा नगरपालिकाले अगाडी सारेको खुला शुन्य पोलिथिन अभियानलाई सफल बनाउनका लागि शनिबार यहाँको सवै भन्दा ठुलो र पुरानो ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले शनिबार नहर सफाई गरेका हुन् ।
नहर सफाई कार्यक्रमको शुभारम्भ योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गर्नु भएको हो ।
३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् ।
३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी, ३ को शारदा स्कुल, ४ को प्रगति चोक, वडा नम्बर ५ को पुरानो हेल्थपोष्ट चार नम्बर, ६ को पुरानो सातकुले गाईघाटे र वडा नम्बर ७ को जमुहानीबाट सफाई अभियान सुरुवात गरिएको थियो ।
तिलोत्तमा नगरपालिकाले बुटवल उपमहानगरपालिका हुँदै नहरमा बगेर जाने फोहरसमेत जाली लगाएर रोक्ने प्रयास गरेपनि नहरमा अझै फोहर थुप्रिन थालेपछि सिंचाई प्रणालीले किसानहरुलाई सहभागी गराएर फोहर संकलन गरेको हो ।
योगीकुटीमा अभियानको शुभारम्भ गर्दै नगरप्रमुख घिमिरेले नगरबासीकै सहभागितामा सिंगो नगरपालिका खुला शुन्य पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै अव जथाभावी फोहर गर्ने क्रम रोकिने बताउाु भयो । “जथाभावी फयाँकिएको फोहरले स्थानीयकै स्वास्थ्यमाथि गम्भीर असर पु¥याउँछ, तसर्थ यसतर्फ नगरबासी आफै सचेत हुनु जरुरी छ”–उहाँले भन्नु भयोे–“शुन्य पोलिथिन घोषणा मात्र होइन, यसको कार्यान्वयन पनि कडाइपुर्वक गरिने छ ।”
जमुहानीमा अभियानको शुभारम्भ गर्दै नगर उपप्रमुख चौधरीले नहरमा फ्याँकिने प्लाष्टिकजन्य फोहरले किसानको खेतबारीमा असर पु¥याउने र उत्पादन घट्ने भन्दै नहरलाई पुर्णरुपमा स्वच्छ राख्नुपर्नेमा जोड दिनु भयो ।
छत्तीस मौजा सिंचाई प्रणालीका अध्यक्ष कृष्ण पौडेलले फोहर र प्लाष्टिकका कारण खेतीयोग्य जमिन जर्जर भएको र उत्पादनमा ह्रास आएको भन्दै अव नहरमा फोहर फयाँक्न नदिइने र नगरपालिकाको खुला शुन्य पोलिथिन अभियानलाई सफल पारिने बताउनु भयो ।
नहर आसपासका ब्यापारी तथा बासिन्दाले नहरमा फाल्ने प्लाष्टिकका झोला तथा बोत्तल, कपडा, अस्पतालजन्य फोहरका कारण किसानहरुको खेत छपक्कै ढाकिने गरेको भन्दै उहाँले यसका विरुद्ध सबै किसान सरसफाईमा जुटेको र चेतना फैलाउने काम गरेको बताउनु भयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष एवं सरसफाई उपसमितिका संयोजक विष्णु प्रसाद भट्टराईले आफ्नो फोहर ब्यवस्थापन गर्ने दायित्व सम्वन्धित बासिन्दाको भएको भन्दै अव नहरमा प्लाष्टिकजन्य र अरु कुनैपनि खाले फोहर नफ्याँक्न सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गर्नु भयो ।
संस्थाका सचिव रुकु पाण्डेले ३६ मौजा सिंचाई प्रणालीअन्तर्गत हाल ५७ मौजा पुगिसकेको भन्दै ठूलो संख्यामा किसानहरुले खेती गर्ने नहर भएकाले यसलाई सफा र स्वच्छ राख्नु जरुरी रहेको बताउँदै खुला शुन्य पोलिथिन बनाएरै छाड्ने बताउनु भयो ।

≪ Previous Post

नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति

Next Post ≫

सरकारका कारण प्रजातान्त्रिक मुल्य मान्यता कमजोर: सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क