Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत
90
SHARES
ShareTweet


बुटवल १७ माघ
शान्तिका अग्रदुत भगवान गौतम वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत पुरा भएको छ । वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना पुरा गर्नका लागिअझै २ वर्षको समय लाग्ने भएको छ ।
गुरुयोजना पुरा गर्न साढे ५ अर्ब रुयैयाँ भएमा २ वर्षको समयमा गुरुयोजना तयार हुने लुम्बिनी विकास कोषका कायम मुकायम सदस्य सचिव सरोज भटृराईले बताउनु भयो ।
सनं १९६७ मा लुम्बिनीको विकासक्रम शुरु भएको हो ।
सनं १९७० वाट गुरुयोजनाको अध्ययन शुरु भएपनि सनं १९७८ वाट गुरुयोजना बनाउने कामको शुरु भएको हो ।
जापानिज वास्तुविज्ञ केन्जो टान्ग्रेले अगाडी बढाउनु भएको लुम्बिनीको गुरुयोजना वनाउन १ सय वर्ष नै लाग्ने पक्का भएको छ ।
१८ प्रतिशत वाँकी रहेको वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजनाको प्राविधिक रुपमा डिजाईन र सुपरभिजनको काम अगामी ४ महिनामा पुरा हुने र टेण्डर गरिने भएको छ ।
टेण्डर भएको २४ महिनामा गुरुयोजनाको पुरै काम सम्पन्न हुने दावि कायम मुकायम सदस्य सचिव भटृराईले बताउनु भयो ।
११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको लुम्बिनीको गुरुयोजना वनाउन यति लामो समय लाग्नु आफैमा आश्र्चयको विषय बनेको छ ।
नेपाललाई विश्वसामु चिनाउने वुद्ध जन्म स्थल लुम्बिनीको गुरुयोजना वनाउन १ सय वर्ष लाग्नुले नेपालमा विकासको काम कसरी हुदो रहेछ भन्नी कुराको यसले पुष्टि गरेको छ ।
लुम्बिनीमा जापानीजद्धारा निर्माण गरि संचालित होटल कासाईको नवौ वार्षिकउत्सव समारोहको अवसरमा बुधवार साँझ आयोजित पत्रकार सम्मेलनमा ग्रेट लुम्बिनीका वारेमा प्रकाश पादै कोषका कायम मुकायम सदस्य सचिव भटृराईले गुरुयोजनाको वारेमा जानकारी गराउनु भएको हो ।
त्यसैगरि लुम्बिनीमा अहिले ५ हजार देखि ९ हजार मानिस अटने सभाहल निर्माण भैरहेको छ । आगामी २०७७ को वद्ध जयन्तीको समारोह सोही सभाहलमा आयोजना गर्ने गरि काम भैरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यसैगरि लुम्बिनीमा अहिले आफनै विद्युत फिडर राखेर विद्युत आपुर्तिको व्यवस्था मिलाईएकोले २४ अ‍ै घण्टा उज्यालो शहरका रुपमा परिचित भएको छ ।
लुम्बिनीमा आउने पर्यटकको बसाई लम्वाउने गरि विभिन्न योजना अगाडी सारिएको बताउदै सदस्य सचिव भटृराईले सरसफाईको प्याकेज वनाएर काम अगाडी बढाईएको पनि बताउनु भयो ।
कोष भित्रै ११ लाख लिटर क्षमताको खानेपानी टैकी निर्माण गरिएको छ । लुमिबनी परिषरमा यस वर्ष ६ हजार विभिन्न प्रजातीका वोटविरुवा लगाईएको छ भने आगामी वर्ष २५ हजार विरुवा लगाउने योजना वनाईएको छ भने लुम्बिनीमा ३ लाख विरुवा हुकाउने गरि योजना अगाडी सारिएको छ ।
वुद्ध संग सम्बन्धीत रामग्राम , तिलौराकोट, देवदह क्षेत्रको संगसंगै विकास गर्नका लागि ति क्षेत्रमा जग्गा प्राप्तिका लागी पुरात्व विभागले काम गरि रहेको पनि सदस्य सचिव भटृराईले बताउनु भयो ।
पत्रकार सम्मेलनमा होटल कासाईका संचालक नोबुओ कासाईले लुम्बिनीले नेपाललाई विश्वमा चिनाएको र विश्वको दोस्रो सुन्दर राष्टृ भएको धारणा राख्नु भएको थियो ।
विसं १९९७ मा विश्व सम्पदा सुचिमा सुचिकृत भएको लुम्बिनीको महत्वलाई विश्व वजारमा फैलाउन अझै काम गर्न वाँकी रहेको औल्याउनु भयो ।

≪ Previous Post

लिम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भट्टराई

Next Post ≫

बुटवलमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क