बुटवल, १६ माघ । लिम्घा रुपन्देही सम्पर्क समाज, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिबेशन बिहिबार बुटवलमा सम्पन्न भएको छ ।
अधिबेशनले समाजको अध्यक्षमा परमानन्द भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । अधिबेशनबाट समाजको उपाध्यक्षमा खिमानन्द भट्टराई, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा प्रेमनिधि ज्ञवाली चयन हुनुभएको छ । यस्तै समाजको कार्यसमिति सदस्यमा मिनराज ज्ञवाली (कृष्ण), सरस्वती ज्ञवाली, गोमा गैरे ज्ञवाली, दुर्गा ज्ञवाली, लालमणि भट्टराई, हरि ज्ञवाली, थम्मन शाही, गुमानसिंह सिंजाली, बसन्त खप्तरी चयन हुनु भएको छ ।
समाजको नवनिर्वाचित कार्यसमितिको विहिबार बसेको बैठकले ज्ञानबहादुर हमाल, लोकनाथ उपाध्याय, तिलक शाही र मोतिलाल गैरेलाई समाजको सल्लाहकारमा चयन गरेको छ ।
इस अघि साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार लोकनाथ उपाध्यायले समाजले लिम्घाबाट रुपन्देहीमा बसाईसराई वा पेशा ब्यवसायका लागि आएका लिम्घेलीहरुलाई समेटेर अगाडी बढ्नुपर्ने वताउनुभयो । सबै एकआपसमा संगठित हुन सकेमा समाजको संगै समग्र लिम्घाको विकासमा टेवा पुर्याउन सकिने उहांले वताउनुभयो ।
सल्लाहकार पुरन शाहीले रुपन्देहीमा आएर वसोवास गरेपनि लिम्घासंगको सम्वन्ध अटुट रहने वताउनु भयो । सम्पर्क समाजको स्थापनाले लिम्घा संगको भावनात्मक सम्वन्धलाई अझ प्रगाढ वनाएको र लिम्घेलीहरुलाई आईपर्ने दुख सुखमा समाजको भूमिका महत्वपुर्ण हुने उहांले वताउनु भयो ।

समाजका सचिव खिमानन्द भट्टराईको संचालनमा भएको कार्यक्रममा समाजका सदस्य ठाकुर ज्ञवालीले गुल्मी लिम्घाको समग्र पहिचान र वर्णन सहितको ‘हाम्रो लिम्घा, राम्रो लिम्घा’ शिर्षकको कविता वाचन गर्नुभएको थियो ।
लिम्घा रुपन्देही सम्पर्क समाज गुल्मी जिल्लाको साविक लिम्घा गाउंविकास समिति हाल सत्यवती गाउँपालिका ४ वाट बसाई सराई वा विभिन्न पेशा ब्यवसाय र अध्ययनकालागि रुपन्देही आएका लिम्घेलीहरुको साझा संस्था हो ।
