Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लिम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भट्टराई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लिम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भट्टराई

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
लिम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भट्टराई
60
SHARES
ShareTweet


बुटवल, १६ माघ । लिम्घा रुपन्देही सम्पर्क समाज, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिबेशन बिहिबार बुटवलमा सम्पन्न भएको छ ।
अधिबेशनले समाजको अध्यक्षमा परमानन्द भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । अधिबेशनबाट समाजको उपाध्यक्षमा खिमानन्द भट्टराई, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा प्रेमनिधि ज्ञवाली चयन हुनुभएको छ । यस्तै समाजको कार्यसमिति सदस्यमा मिनराज ज्ञवाली (कृष्ण), सरस्वती ज्ञवाली, गोमा गैरे ज्ञवाली, दुर्गा ज्ञवाली, लालमणि भट्टराई, हरि ज्ञवाली, थम्मन शाही, गुमानसिंह सिंजाली, बसन्त खप्तरी चयन हुनु भएको छ ।
समाजको नवनिर्वाचित कार्यसमितिको विहिबार बसेको बैठकले ज्ञानबहादुर हमाल, लोकनाथ उपाध्याय, तिलक शाही र मोतिलाल गैरेलाई समाजको सल्लाहकारमा चयन गरेको छ ।
इस अघि साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार लोकनाथ उपाध्यायले समाजले लिम्घाबाट रुपन्देहीमा बसाईसराई वा पेशा ब्यवसायका लागि आएका लिम्घेलीहरुलाई समेटेर अगाडी बढ्नुपर्ने वताउनुभयो । सबै एकआपसमा संगठित हुन सकेमा समाजको संगै समग्र लिम्घाको विकासमा टेवा पुर्याउन सकिने उहांले वताउनुभयो ।
सल्लाहकार पुरन शाहीले रुपन्देहीमा आएर वसोवास गरेपनि लिम्घासंगको सम्वन्ध अटुट रहने वताउनु भयो । सम्पर्क समाजको स्थापनाले लिम्घा संगको भावनात्मक सम्वन्धलाई अझ प्रगाढ वनाएको र लिम्घेलीहरुलाई आईपर्ने दुख सुखमा समाजको भूमिका महत्वपुर्ण हुने उहांले वताउनु भयो ।


समाजका सचिव खिमानन्द भट्टराईको संचालनमा भएको कार्यक्रममा समाजका सदस्य ठाकुर ज्ञवालीले गुल्मी लिम्घाको समग्र पहिचान र वर्णन सहितको ‘हाम्रो लिम्घा, राम्रो लिम्घा’ शिर्षकको कविता वाचन गर्नुभएको थियो ।
लिम्घा रुपन्देही सम्पर्क समाज गुल्मी जिल्लाको साविक लिम्घा गाउंविकास समिति हाल सत्यवती गाउँपालिका ४ वाट बसाई सराई वा विभिन्न पेशा ब्यवसाय र अध्ययनकालागि रुपन्देही आएका लिम्घेलीहरुको साझा संस्था हो ।

≪ Previous Post

तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने

Next Post ≫

वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क