Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
तिलोत्तमा मेलामा बाल कलाकार कमला घिमिरे आउने
70
SHARES
ShareTweet


तिलोत्तमा, १६ माघ । नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल बाल कलाकार कमला घिमिरे शुक्रबार तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको तिलोत्तमा ब्यापार मेलामा आउने भएकी छिन् ।
पछिल्लो समय यू–ट्युवमा भाईरल बनेकी बाल कलाकार कमला घिमिरेलाई कला क्षेत्रमा थप प्रोत्साहन गर्न आम दर्शकको माग अनुसार मेलामा आमन्त्रण गरिएको मेला आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बताउनुभयो ।
इन्द्रेणी दोहोरीबाट एकाएक चर्चामा आएकी धादिङकी कमला यतिबेला सामाजिक संजालमा समेत भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा देश तथा विदेशमा ह्वातै बढेर गएको छ ।
छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित भएका छन् । सानै उमेरकी कमलामा ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन् । सुमधुर स्वर र नम्र स्वभावकी बाल गायिका कमलालाई मेलामा ल्याउन बिशेष माग भएको र तिलोत्तमा उद्योग वाणिज्य संघले पनि मेलाका अवसरमा मञ्च उपलब्ध गराएर सम्मान गर्ने उद्देश्यले कमलालाई मेलामा आमन्त्रण गरिएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले वताउनु भयो ।
त्यस्तै शुक्रबारै सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय लोक दोहोरी गायक नारायण बिपि परियार, पुरुषोत्तम पौडेल, लोक गायिका विष्णु श्रीपाली तथा आधुनिक गायक रमेशराज भट्टराई र सन्दिपसिंह राना लगायतको प्रस्तुती रहने छ । त्यस्तै एक्सपर्ट तिलोत्तमा लोक तारा, न्युहोल्याड तिलोत्तमा डायन्स आईडल, स्थानीय कलाकारहरुको प्रस्तुती संगै लोकदोहोरी प्रतियोगितालगायतका कार्यक्रमको प्रस्तुती रहने छ ।


इस्तै मेला सञ्चालनको सातौं दिनसम्म आईपुग्दा दर्शकहरुको चहलपहल बढ्दै गएको छ । दर्शकहरुको संख्या बढ्न थालेपछि आयोजक उत्साहित बनेका छन् । दर्शक सहभागिता बढ्दै गएसँगै आर्थिक कारोबार पनि बढ्ने अपेक्षा गरिएको मेलाका आर्थिक व्यबस्थापन समितिका संयोजक एबं संघका कोषाध्यक्ष सुरज पंगेनीले बताउनुभयो ।
मेलामा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएकाले स्टलहरुमा सामान खरीद गर्ने उपभोक्ताहरुको घुईचो लाग्ने गरेको मेला आयोजक मूलक समितिका संयोजक एवं संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनुभयो ।
मेला प्रचारप्रसार समितिका संयोजक नारायण पौडेलले मौसमले पनि राम्रो साथ दिएका कारण मेलामा सहभागिता बढ्न थालेको बताउनुभयो । मेला अवधिभर सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको र यसका लागि आयोजक स्वयम र स्वयंसेवकलाई समेत खटाइएको संघका सदस्य संगिता अर्याल गौतमले जानकारी दिनुभयो ।

≪ Previous Post

फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी

Next Post ≫

लिम्घा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क