Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
बुटवलमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु
70
SHARES
ShareTweet


बुटवल, १७ माघ । बुटवलमा नवौं संस्करणको सूचना प्रविधि सम्बन्धि मेला (क्यान ईन्फोटेक) सुरु भएको छ । शुक्रबादेखि सुरु भएको सूचना प्रविधि मेलाको प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहांले सूचना प्रविधि बिकासको आधार भएको बताउँदै सूचना प्रविधिको प्रयोग बढाउने योजना बनाउन आग्रह गर्नुभयो ।
क्यानले बनाएको योजनामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहांले अझैपनि सूचना प्रविधिको प्रयाप्त बिकास हुन नसकेको उल्लेख गर्नुभयो । आम नागरिकले सूचना प्रविधिको प्रयोग गर्ने बानीको बिकास गर्नेगरी योजना बनाउन आग्रह गर्दै मन्त्री बरालले सूचना प्रविधिको बिकासले मात्रै प्रदेशले बिकासको गति लिने औंल्याउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सूचना प्रविधिको बिकासमा यससंग काम गर्ने संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताउँदै त्यो भूमिकामा आफूहरुलाई क्रियाशिल गराउन आग्रह गर्नुभयो ।
क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज कुवँरले सूचना प्रविधिको बिकासकालागि बिकसित प्रविधिको जानकारी गराउने उद्देश्यले नै क्यान महासंघले प्रत्येक वर्ष मेला गर्दै आएको बताउनु भयो । सूचना प्रविधिको बिकासकालागि क्यान महासंघले आफ्नो ठाउँबाट भूमिका खेल्ने पनि उहांले उल्लेख गर्नुभयो ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, क्यान महासंघका प्रदेश अध्यक्ष रोषन कंडेल लगायतले भनाई राख्नुभएको थियो । यहि माघ २३ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधका ११० स्टल राखिएको छ । मेलाकै अवसरमा सूचना प्रविधि संग सम्बन्धित बिषयमा प्रतियोगिता सञ्चालन गरिने क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले जानकारी दिनुभयो ।

≪ Previous Post

वुद्धको जन्म स्थल लुम्बिनीको गुरुयोजना ४२ वर्षमा ८२ प्रतिशत

Next Post ≫

प्रदेश पाँचले प्रदेश सभा स्थापना दिवस मनाउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क