Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी युथ लिडरशिप अवार्ड लुम्बिनी–२०२० सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी युथ लिडरशिप अवार्ड लुम्बिनी–२०२० सुरु

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
रोटरी युथ लिडरशिप अवार्ड लुम्बिनी–२०२० सुरु
60
SHARES
ShareTweet


बुटवल, १६ माघ । रोटरी युथ लिडरशिप अवार्ड (राएला) लुम्बिनी–२०२० रुपन्देहीमा सुरु भएको छ । सैनामैना नगरपालिका रामापुरस्थित सिद्र्धाथ मेमोरियल एकेडेमी स्कूलमा विहीवार सो कार्यक्रमको रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर रो. किरनलाल श्रेष्ठले उद्घाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर श्रेष्ठले युवाको व्यक्तित्व विकास र शिक्षालाई व्यवहारिक रुपमा अगाडी बढाउन रोटरीले चलाएको अभियानलाई राएला कार्यक्रमले सहयोग पु¥याउने धारणा राख्नु भयो । उहांले युवालाई समाजप्रतिको दायित्वका बारेमा सिकाउन सकिएन भने त्यसले समाजलाई गलत बाटोमा लैजाने हुदा त्यसतर्फ गम्भिर बन्न आग्रह पनि गर्नुभयो ।
गभर्नर श्रेष्ठले सिक्ने सिकाउने र नेतृत्वको विकास गर्दै समाजलाई सहि दिशामा डो¥याउने दायित्व युवामा रहने हुदा उनीहरुलाई सहि बाटोमा डो¥याउने काम क्लबले गर्नु पर्ने बताउदै शिक्षाको पहुंचबाट कुनै पनि युवा बञ्चित हुन नपाउने बातावरण अभियानका रुपमा चलाउनु जरुरी रहेको धारणा राख्नु भयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्नु भएका कार्यक्रम आयोजक संस्था रोटरी क्लब अफ बुटवलका अध्यक्ष रो. दिल्ली कुमार श्रेष्ठले रोटरीले आयोजना गर्ने रोटरी युथ लिडरशिप अवार्ड कार्यक्रमले युवाहरुमा सुसुप्त अवस्थामा रहेको क्षमतालाई व्यक्तित्व विकाससंगै नेतृत्व क्षमता बढाउन सहयोगीको भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रम आयोजक समितिका सचिव रो. कृष्ण प्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत सहसंयोजक सैनामैना रोटरी क्लबका अध्यक्ष रो. प्रेम कुमार शर्माले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ सेन्टरका रो. राजेन्द्र कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा ५ नं. प्रदेशका १२ जिल्लाका विभिन्न विद्यालयबाट ५७ जना १३ बर्षभन्दा माथि र १८ बर्षसम्मका विद्यार्थीहरु सहभागि रहेका छन् । आइतवार माघ १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरु आवासीय रुपमा बस्ने र विभिन्न विषयमा छलफलमा सहभागी हुने छन् । कार्यक्रमको अन्तिम दिन सहभागीहरुबाट प्रस्तुति रहने र उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने जनाइएको छ ।
कार्यक्रममा लुम्बिनी क्याम्पसका राजेन्द्र लम्साल, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई, मिस नेपाल अर्थ–२०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल–२०१९ मिरा कक्षपति, डा. सुशिल कडेल, बुटवल बहुमुखि क्याम्पसका सहप्रध्यापक राजेन्द्र बहादुर जीसी, लेखक युवराज कडेल, सञ्चारकर्मी सुमन खरेल, डा. चिन्तामणि योगी, अधिवक्ता महेन्द्र पाण्डे, नेपाली सेनाका मेजर बद्री कुवंर, बालरोग विशषेज्ञ डा. सन्तोष पोखरेल, वाचक चैतन्य कृष्ण, रोटरियन अनिल श्रेष्ठले विभिन्न विषयमा प्रवचन दिनु हुनेछ ।
कार्यक्रमको आयोजना रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ सेन्टर र रोटरी क्लब अफ सैनामैना रहेका छन् भने रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ डाउनटाउन, रोटरी क्लब अफ रुपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ देवदह, रोटरी क्लब अफ बुटवल चौतारी, रोटरी क्लब अफ सेन्टर लुम्बिनी, रोटरी क्लब अफ मणिग्राम, रोटरी क्लब अफ पाल्पा तानसेन, रोटरी क्लब अफ नवलपुर कावासोती, रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ कपिलबस्तु चन्द्रौटा लगायतका क्लब सहआयोजक रहेका छन् ।

≪ Previous Post

सुकुम्वासी वस्तीको विद्यालयलाई सहयोग गर्न आग्रह

Next Post ≫

फूटबलमा पामिर, क्षितिज र वेष्टर्न विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क