Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता
60
SHARES
ShareTweet


बुटवल, माघ


रुन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता दिईएको छ । कृषि, उद्योग र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको औद्योगिक व्यापार मेलामा प्लाष्टिकजन्य पदार्थलाई निरुत्साहित गर्ने नीति लिईएको हो ।
तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्र भरीमा ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ र प्लाष्टिक मुक्त तिलोत्तमा’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सञ्चालन गरेको अभियानलाई साथ र सहयोग गर्नकालागि सन्देश मुलक रुपमा मेलामा सरसफाईलाई बिशेष प्राथमिकता दिईएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गुणनिधी भण्डारी ‘माधव’ले बताउनु भयो ।
मेलामा प्लाष्टिकको प्रयोगलाई प्रतिवन्ध लगाईएको छ भने मेलामा राखिएका होटलहरुमा पनि प्लाष्टिकको प्रयोग नगर्न आग्रह गरिएको छ । मेला भित्र होटल तथा स्टलहरुमा प्लाष्टिकको प्रयोग भएन भएको मेला सचिवालय र तिलोत्तमा नगरपालिकाबाट समेत नियमित अनुगमन भईरहेको नगरपालिकाले जनाएको छ ।
मेलामा फोहोर व्यबस्थापनका लागि क्रियाशिल स्थानीय आमा समुहहरुले सहयोग गरेका छन् । मेलामा सबैको साथ र सहयोगकै कारण आयोजकको चाहना अनुसार मेला स्थल सफा रहेको संघका महासचिव कमल कंडेलले बताउनु भयो । प्लाष्टिकको प्रयोगलाई प्रतिवन्ध लगाईएको मेलामा उत्पादन भएका अन्य फोहोर नगरपालिकाले व्यबस्थापन गर्ने गरेको छ । मेलामा जम्मा भएको फोहोर दिनहुँ नगरपालिकाको गाडी आएर लैजाने गरेको सरसफाई व्यबस्थापन उपसमितिका संयोजक तोलाकान्त अधिकारीले बताउनु भयो ।
मेलामा तिलोत्तमा नगरपालिका भित्र उद्योग तथा उत्पादनलाई स्टलमा सहुलियत प्रदान गरिएको छ भने तिलोत्तमामा लगानीकालागि प्रयाप्त सम्भावना रहेको भन्दै मेलाबाट लगानीको खुल्ला आह्वान समेत गरिएको अध्यक्ष भण्डारी बताउनु हुन्छ ।
‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नारा सहित यहि माघ १० देखि सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव यहि २१ गतेसम्म सञ्चालन हुनेछ । मेलाको छैठौं दिनसम्म मेलामा ६० हजार दर्शकले अवलोकन गरेका छन् भने मेलाभित्र करिव एक करोड ७५ लाख रुपैंया बराबरको कारोवार भएको अनुमान गरिएको संघका कोषाध्यक्ष तथा मेलाका आर्थिक व्यबस्थापन उपसमितिका संयोजक सुरज पंगेनीले जानकारी गराउनु भयो । १२ दिनसम्म सञ्चालन हुने मेलामा ३ सय स्टल रहेका छन् भने ५ लाख दर्शकले अवलोकन गर्ने मेला भित्र १५ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । मेलामा बुधवार राष्टिृय सभाका नवनिर्वाचित सदस्य गोपाल भटृराई, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कडेल नेकपाका नेता यज्ञ गैरे लगायतका व्यक्तित्वहरुले अवलोकन गर्नु भएको मेला सचिवालयले जनाएको छ । मेलामा दर्शकहरुको आगमन दिनप्रतिदिन बढदै गएको छ । मेलामा राखिएको सातै प्रदेशका पर्यटकिय गन्तव्य स्थल र कृषि संग्राहलयमा दर्शकको वढी भिड लाग्ने गरेको मेला सचिवालयले जनाएको छ । मेलामा विहिवार राष्टिृय कलाकारहरु चन्द्र शर्मा , अर्जुन कौशल, रेनुका भटृराई उज्जवल गिरी लगायतको प्रस्तुती रहने छ । त्यस्तै एक्सपर्ट तिलोत्तमा लोक तारा, न्युहोल्याड तिलोत्तमा डायन्स आईडिल र विभिन्न जात जातिका सांस्कृतिक प्रस्तुती रहने छ ।

≪ Previous Post

शाइन रेसुंगा बैंकका ग्राहकलाई उपचार शुल्कमा १० प्रतिशत छुट

Next Post ≫

भैरहवा–तौलिहवा सडक : समयमा निर्माण सम्पन्न नहुदाँ राज्यलाई पौने २४ करोड व्ययभार थपियोे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क