Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवा–तौलिहवा सडक : समयमा निर्माण सम्पन्न नहुदाँ राज्यलाई पौने २४ करोड व्ययभार थपियोे
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भैरहवा–तौलिहवा सडक : समयमा निर्माण सम्पन्न नहुदाँ राज्यलाई पौने २४ करोड व्ययभार थपियोे

संसारपोस्ट संवाददाता · १६ माघ २०७६ · 0
भैरहवा–तौलिहवा सडक :  समयमा निर्माण  सम्पन्न नहुदाँ  राज्यलाई पौने २४ करोड व्ययभार थपियोे
160
SHARES
ShareTweet


बुटवल माघ
सरकारले समयमा आयोजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने घोषणा गरि रहेको समयमा रुपन्देहीमा समयमा काम नगर्ने आयोजनाको निर्माण कम्पनीलाई समय संगै लागत रकम बढाएर पुरस्कृत गरिएको छ । समयमा काम सम्पन्न नगदाँ राज्यलाई थप पौने २४ करोड रुयैयाँ व्ययभार थपिएको छ ।
रुपन्देहीको बहुचर्चित आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडकको समयमा काम सम्पन्न हुन नसक्दाँ राज्यलाई थप व्ययभार पनि बढेको छ । आयोजना कहिले सम्पन्न हुने भन्ने अझै टुगो पनि छैन । सडक निर्माणको सम्झौता अवधि गत पुस २७ मा सकिएपनि सडक निर्माण करिव ६० प्रतिशत मात्रै पूरा भएको आयोजनाले जनाएको छ ।
लागत थप भएपछि सडक निर्माणको लागि दुई अर्व १६ करोड ८५ लाख रुपियाँ पुग्ने भएको छ । स्तरोन्नती भइरहेको यो सडक साढे दुई वर्षमा सक्नेगरी २०७४ असार २५ मा सम्झौता भएको थियो । आयोजनाको सुरुको लागत एक अर्ब ९३ करोड छ लाख ३६ हजार दुई सय २७ रुपैयाँ भए पनि दुई पटकको कामको अन्तरपछि लागत बढेर दुई अर्ब १६ करोड ८५ लाख पुगेको हो ।
निर्माण कम्पनीको माग, कन्सल्टेन्टको रिपोर्ट र आयोजनाको निरीक्षणमा २३ करोड ७८ लाख भेरिएसन रकम आयोजना निर्देशनालयको सिफारिसमा स्वीकृत गरी थपिएको हो । कुल लागत रकमकोे १२ दशमलव ३ प्रतिशत भेरिएसन भएको छ । सम्झौता अवधि यही पुस २७ मा सकिएपनि सडक निर्माण करिव ६० प्रतिशत मात्रै पूरा भएको छ । तौलिहवातर्फ केही किलोमिटर कालोपत्रे गरिए पनि बाँकी सडकमा निर्माण जारी छ । निर्माणाधीन अवस्थामा रहेका दुईवटा पुल समेत अलपत्र अवस्थामा छन् । पुल निर्माणका लागि अहिले बल्ल संभाव्यता अध्ययन हुँदै छ ।
समयमा निर्माण नसकिएपछि भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले चार महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पोखरेलका अनुसार कन्सल्टेन्टको प्रतिवेदनका आधारमा म्याद थपको प्रक्रिया अघि बढाइएको हो । राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजनाको काम गावर कन्स्ट्रक्सन लिमिटेड गुणगाँव भारतले गरिरहेको छ । निर्माण कम्पनीले १५ महिनाको थप समय मागेकोमा आयोजनाले चार महिनाका लागि समय थप्ने प्रक्रिया अघि बढाएको हो ।
सडक निर्माणमा भएको ढिलासुस्तीले प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारकोे नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेकोे सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताउनुभयो ।
समयमै नसकिनु र डिजाइनमा परिवर्तन भएकाले पनि सडक निर्माणको लागि २३ करोड भन्दा बढी थपिएको इन्जिनियर पोखरेलले बताउनुभयो । निर्माण कम्पनीले अहिलेसम्म ४५ प्रतिशत भुक्तानी पाएको छ । पहिलो पटक कलभर्ट र दुई लेन सडकको बजार क्षेत्रमा स्थानीयको मागअनुसार चार लेन बनाएकाले १६ करोड थप गरेको छ भने दोस्रो पटक दुर्घटना न्यूनीकरणका लागि नयाँ जक्सन डिजाइनसहितको संरचना र त्रुटिरहित डिजाइन परिवर्तन गरेकाले काममा भेरिएसन भएपछि सात करोड बढी थपेको हो ।
निर्माणाधीन सडकमा ८५ दशमलव ५ प्रतिशत एडीबीको ऋण लगानी छ भने बाँकी १५ दशमलव ५ प्रतिशत लगानी नेपाल सरकारले गरेको छ ।
आयोजनाका सूचना अधिकारी पोखरेलले गत वर्ष निर्माण कम्पनीले कच्चा पदार्थ नपाएको र रुपन्देहीमै एकै पटक ठुल्ठुला विकास निर्माणका काम भएकाले पनि निर्माणमा केही ढिलाइ भएको भन्दै अव भने त्यो समस्या नभएकाले ढिलाई नहुने बताउनुभयो ।
४१ किलोमिटर लामो यो सडक खण्ड अन्तर्गत भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौहिवासम्म दुई लेनको सडक बनाउने काम जारी छ ।

≪ Previous Post

तिलोत्तमा व्यापार मेलामा सरसफाईलाई बिशेष प्राथमिकता

Next Post ≫

श्रीपञ्चमीमा, सरस्वतीको पूजा गरेर मुलुकभर मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क