Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार
50
SHARES
ShareTweet


बुटवल, १३ माघ । संघीय सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्राम मध्ये प्रदेश ५ को तिलोत्तमा नगरपालिकामा प्रस्तावित औद्योगिक ग्रामको गुरुयोजना तयार भएको छ ।
तिलोत्तमा नगरपालिकाले एकवर्ष अघि देखि नै तिलोत्तमाको वडा नंं. १० सग्रहवास्थित रोहिणी नदी किनारको २० बिघा बढी सार्वजनिक जग्गामा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको थियो । संघीय सरकारले हालै मात्र देशका ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गर्दा तिलोत्तमा नगरपालिका पनि परेको थियो । सरकारको निर्णयसंगै ३२ वटै पालिकाले ९२ लाख रुपैयांका दरले अनुदान पाएका थिए ।
तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना अनुसार यहाँ पहुच सडक, विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, डे केयर सेन्टर, बैंक तथा वित्तीय संस्था, उद्योगका उत्पादन प्रदर्शनी र विक्री कक्ष, चमेना गृह, पार्किङ र आराम कक्ष लगायतका पुर्वाधार बनाउन दुई करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
औद्योगिक ग्रामको गुरुयोजना डेकोर स्टुडियो काठमाडौंले तयार गरेको हो । गुरुयोजना अनुसार औद्योगिक ग्राम क्षेत्रको सडक ११ मिटर चौडाईको दुई लेनको बनाइने छ । जसमा दुबैतिर फुटपाथ हुनेछ । ३० प्रतिशत हरियालीसहित बन्ने औद्योगिक ग्राममा ५० वटा साना तथा मझौला उद्योग स्थापना गर्न सकिने छ । औद्योगिक ग्रामको गुरुयोजनालाई सोमबार उद्योगी र लगानीकर्ताहरुमाझ तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेर सुझाव समेत लिएको छ ।
कार्यक्रममा स्टुडियो डेकोरका इन्जिनियर नितेश पौडेलले गुरुयोजना प्रस्तुत गर्दै वातावरणमैत्री र स्मार्ट औद्योगिक ग्रामको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको बताउनुभयो । औद्योगिक ग्राममा कम्तीमा पाँचसय जनाले रोजगारी पाउने छन् । औद्योगिक ग्राममा स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिइने नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदिप वनले बताउनुभयो ।
औद्योगिक ग्राम बनाउन प्रदेश सरकारले समपुरक अनुदान अन्तर्गत ८० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ भने तिलोत्तमा नगरपालिकाले पनि ८० लाख छुट्टाएको छ । चालु आर्थिक वर्षभित्र संघीय, प्रदेश र स्थानीय सरकारबाट विनियोजित दुई करोड ५२ लाख रुपैयाँ खर्च गरिसक्ने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रमुख घिमिरेका अनुसार गुरुयोजनाका सम्बन्धमा उद्योगी र लगानीकर्ताबाट आएका सुझावलाई समेटेर दुई महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने छ ।
संघीय सरकारसंगको सम्झौता अनुसार पालिकाहरुले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य शुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने छ । पालिकाका प्रमुख प्रशासीय अधिकृतहरु औद्योगिक ग्रामको फोकल पर्सन तोकिएका छन् । पालिकाहरुले डीपीआर बनाउंदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता र जियो हाजार्डयुक्त क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ ।
वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी स्वीकृत भएपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढ्ने छ । प्रदेश ५ मा रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, सुनवल नगरपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका र खजुरा गाउँपालिकामा औद्योगिक ग्राम बन्ने छ ।
कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउन औद्योगिक ग्राम स्थापनाले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

≪ Previous Post

शाइन रेसुङ्गा बैंकमा आरटीजीएस प्रणाली

Next Post ≫

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क