Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
तिलोत्तमा मेलामा सातै प्रदेशका पर्यटकीयस्थलको फोटो
60
SHARES
ShareTweet


तिलोत्तमा, १३ माघ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा जारी दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा सातै प्रदेशका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको फोटो प्रदर्शनी गरिएको छ ।
संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । मेलास्थलमा छुट्टै स्टल राखेर प्रदेश ५ सहित सातै प्रदेशका प्रमुख पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलका सय बढी फोटो प्रदर्शनी गरिएको पर्यटन तथा कृषि प्रवद्र्धन उपसमिति संयोजक राज कुमार पाण्डेले बताउनु भयो ।
स्टलमा सबै पर्यटकीय तथा धार्मिक स्थलसम्म बुटवलबाट पुग्ने दुरी समेत उल्लेख गरिएको र फोटो अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।
मेला अवलोकन गर्न आउने दर्शकले देशका महत्वपूर्ण पर्यटकीय स्थलका बारेमा र त्यहां पुग्ने दुरी समेत जानकारी पाउन् र पर्यटन प्रवद्र्धन् होस् भन्ने उद्देश्यले सातै प्रदेशका पर्यटकीय स्थलका फोटो प्रदर्शनी गरिएको मेला आयोजक मूल समिति संयोजक माधव भण्डारीले बताउनुभयो ।
फोटो प्रदर्शनी स्टलसंगै राखिएको कृषि संग्रहालय (बुढो घर) मा पनि दर्शकको आकर्षण रहेको छ । जसका कारण मेलामा आउने नयां पिंढीले परम्परागत कृषि सामग्री देख्न र जानकारी लिन पाएका छन् ।


मेलामा सोमबार पनि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । जिल्लास्तरीय स्कूल कलेज फुटबल प्रतियोगिता अन्तर्गत भएका खेलमा शान्ति नमूना मावि मणिग्राम विजयी भएको छ । शान्ति नमूनाले अक्सफोर्ड बोर्डिङ स्कूल बुटवललाई ३ का विरुद्ध सात गोल गर्दै विजयी भएको हो । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल एचिभर्स कलेज बुटवल र लुम्बिनी वाणिज्य क्याम्पस तथा दोस्रो खेल सगरमाथा मावि देवदह र लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीबीच हुने प्रतियोगिता संयोजक अमनमान श्रेष्ठले जानकारी दिनुभयो ।
सांस्कृतिक कार्यक्रम तर्फ तिलोत्तमा लोक तारा र तिलोत्तमा डान्स आइडल प्रतियोगता सम्पन्न भएका छन् । लोक तारा लाई एक्सपर्ट एजुकेशन र डान्स आईकन लाई न्यू हल्याण्ड ट्याक्टरले प्रायोजन गरेका छन् ।
सोमबार नै बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेशमान सिंह, कोषाध्यक्ष विमलराज भट्टराई, सदस्य मुक्ति अधिकारी लगायतको टोलीले मेलाको अवलोकन गरेको थियो । मेलामा सहभागि छिमेकी संघका पदाधिकारीहरुलाई मेलाका संयोजक माधव भण्डारी, वरिष्ठ उपाधयक्ष ज्ञानेन्द्र कार्की, महासचिव कमल काँडेल, कोषाध्यक्ष सुरज पँगेनीलगायतले स्वागत सहित सम्मान गर्नुभएको थियो ।
मेलामा मंगलबार सांस्कृतिक कार्यक्रम अन्तर्गत गायक अमृत सापकोटा, टिका सानु, दीपु मगर र विधान कार्कीको प्रस्तुति संगै जोडी नृत्य प्रतियोगिता तथा रत्यौलीको प्रस्तुति समेत रहने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेला माघ २१ गतेसम्म चल्ने छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन समेत भइरहेको छ ।

≪ Previous Post

तिलोत्तमा औद्योगिक ग्रामको गुरुयोजना तयार

Next Post ≫

भैरहवा–भूमही सडकमा सवारी दुर्घटनाहुदा ३ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क