Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो

संसारपोस्ट संवाददाता · १३ माघ २०७६ · 0
आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्कियो
70
SHARES
ShareTweet


मणिग्राम, १३ मंसिर । मानवसेवा आश्रमले बुटवलमा आयोजना गरेको आमा सेमिनारमा सहभागि सबैको आँखाबाट आँसु छचल्किएको छ । कार्यक्रममा सहभागिहरु सबैको आँखामा आँसु रसाउनुका साथै मातृत्व छचल्किएको थियो । मातृत्व र मातृभूमिको सम्मानमा मानवता प्रवद्र्धनको लक्ष्य राखेर मानवसेवा आश्रमले आमा सेमिनार कार्यक्रम आयोजना गरेको हो ।
आमा सेमिनारलाई मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष तथा प्रमुख उत्प्रेरक रामजी अधिकारीको मातृत्व र मातृभूमिको सम्मानमा गर्नुभएको उत्प्रेरणात्मक प्रवचन र विभिन्न मर्मस्पर्षी प्रसंगहरुले सहभागीहरुको आँखा रसाउनुका साथै धेरैको मन जितेको थियो । कार्यक्रम अवधिभर आँखा नरसाउने र खित्का छाडेर नहाँस्ने सहभागी सम्भवत कोही रहेनन् ।
कार्यक्रममा अधिकारीको प्रस्तुतिमा सबै सहभागीहरुले आफूलाई जन्मदिने माता पितालाई सम्झिए, मातृवात्सल्यता र पितृ स्नेहलाई महसुश गरे, जीवनको विभिन्न पहलुहरुमा आमा बुबालाई आफुले जानेर नजानेर मन दुःखाएको क्षणलाई सम्झिएर पश्चाताप गरे, अब उप्रान्त भुलेरपनि मन नदुःखाउने प्रण गरे ।


सेमिनारमा मानवसेवा आश्रमका अभियन्ताहरुले तयार पारेको नाटक “जीउँदो देवता” मञ्चन गरिएको थियो । नाटक शुुभारम्भ भएपछि धेरैजसो सहभागि डाँको छोडेर रोए भने कलाकारको प्रस्तुतिले समेत सबै सहभागीहरुलाई नतमस्तक बनायो ।


२५० जना अट्ने क्षमता रहेको हलमा करिब ४ सय ५० जनाको सहभागिता रहेको थियो । उकुस मुकुस र अटसमटसको हलमा पनि कार्यक्रमले साँघुरो र अप्ठ्यारोको महसुस कसैले गरेन । दिउसो १ बजे कार्यक्रम हलभित्र प्रवेश गरेका सहभागिहरु सांझ साढे ५ बजेसम्म हलचल नगरेर बसे ।
कर्यक्रममा आयोजकका तर्फबाट चिया नास्ताको कुनै प्रवन्ध गरिएको थिएन । तरपनि बोलाइएको भन्दा धेरै सहभागीहरु कार्यक्रममा सहभागि थिए भने सहभागि सबै कार्यक्रमको अन्त्य सम्म बसेर साथ दिए ।

≪ Previous Post

सरकारका निर्णय कार्यान्वयनमा भूमिका खेल्छुः भट्टराई

Next Post ≫

नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क