Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर

संसारपोस्ट संवाददाता · १२ माघ २०७६ · 0
तिनपाको नयाँशैली: कुष्ठरोगी पत्ता लगाउन चर्म रोग शिविर
80
SHARES
ShareTweet

बुटवल १२ माघ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोग प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको छ । आइतबार टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएकोमा सोमबार सेमराबजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । शिविरमा छाला रोग विशेषज्ञ डा. श्यामराज उपाध्याय र डा. विनोद बढईले स्वास्थ्य परीक्षण गर्नुभएको छ ।
शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । आइतबार टिकुलिगढ स्वास्थ्य चौकीमा शिविर सुभारम्भ गर्दै तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले कुष्ठरोग पनि अरु रोग सरह भएकोले यसलाई कसैले पनि लुकाउन नहुने बताउनुभयो । समयमैं उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो रोगप्रतिको अन्धविश्वास हटाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
छाला सम्बन्धी जुनसुकै समस्या भएकाले पनि शिविरबाट लाभ लिन सक्ने बताउँदै उप–प्रमुख चौधरीले आइतबार छुटेकाहरुलाई सोमबार सेमराबजार स्वास्थ्य चौकीमा हुने शिविरमा आउन अनुरोध गर्नुभयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय–कुष्ठ अधिकृत टिकाराम अधिकारीले नदुख्ने, नचिलाउने भएकाले धेरैलाई आफू कुष्ठरोग प्रभावित भएको थाहा नहुने भएकोले उनीहरुको पहिचानका लागि सबै प्रकारका छाला रोगीका लागि लक्षित गरी शिविर आयोजना गर्नुपरेको बताउनुभयो ।
उहाँले यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुँदा थाहा नहुनुका साथै मांशपेशी पनि कमजोर हुने बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको बताउँदै उहाँले कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क हुने र यदि समयमै उपचार नगरेमा अपाङ्गता हुन सक्ने उल्लेख गर्नुभयो । कार्यक्रम तिलोत्तमा वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीको अध्यक्षता, नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलको स्वागत तथा अर्का सिनियर अहेव अधिकृत गणेश गौतमको सञ्चालनमा भएको हो ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ ।
हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुनु, अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिनु तथा दागमा कुनै बस्तुले घोचे पनि अनुभव नहुनु कुष्ठरोगका लक्षण हुन् ।

≪ Previous Post

मानव सेवा आश्रमद्धारा गरिने महायज्ञमा ११ करोड संकलनको लक्ष्य

Next Post ≫

लायन्स क्लव अफ बुटवल युथद्वारा बिपन्न कुर्मीलाई पपकर्न मेसिन प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क